राबडी देवीपछि लालु यादवसँग सोधपुछ गर्दै सीबीआईको टोली
मङ्गलबार, २३ फागुन २०७९, १३ : ३०
नयाँ दिल्ली । जागिरको सट्टा जग्गा घोटाला प्रकरणमा बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवसँग सोधपुछ गर्न सीबीआईको टोली मंगलबार उनको निवास पुगेको छ । लालु यादव हाल आफ्नी छोरी तथा आरजेडी सांसद मीसा भारतीसँग दिल्लीमा बस्दै आएका छन् ।
लालु यादव केही समयअघि सिंगापुरबाट मिर्गौला प्रत्यारोपण गरी भारत फर्किएका थिए । यसअघि सोमबार सीबीआईले पटनामा राबडी देवीसँग ४ घण्टासम्म सोधपुछ गरेको थियो ।
लालु यादवले रेलमन्त्री हुँदा रेल मन्त्रालयमा रोजगारी दिनुको सट्टा जग्गा लिएको दाबी छ । सन् २००८-०९ मा मुम्बई, जबलपुर, कोलकाता, जयपुर र हाजीपुर रेलवे जोनमा जग्गाको सट्टामा मानिसलाई रोजगारी दिएको आरोप छ । सीबीआईले यस कथित घोटालामा आरजेडी नेताहरूको घरमा छापा मारेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण