लालु यादवकी पत्नी राबडी देवीसँग सिबिआईद्वारा ४ घण्टा सोधपुछ
पटना । जमिनको साटो जागिर दिने प्रकरणमा सिबिआईको टोली सोमबार बिहानै लालुप्रसाद यादवकी पत्नी तथा पूर्व मुख्यमन्त्री राबडी देवीको पटनास्थित निवासमा पुगेर उनीसँग करिब ४ घण्टा सोधपुछ गरेको छ । यस प्रकरणमा लालु यादव र मीसा भारतीसँग मंगलबार दिल्लीमा सोधपुछ गर्ने तयारी गरिएको छ ।
यो सोधपुछपछि राबडी देवी व्यवस्थापिकाको बैठकमा उपस्थित हुन पुगेकी थिइन् । उनलाई कान्छा छोरा र उपमुख्यमन्त्री तेजस्वी यादव आएर लगेका थिए । सीबीआईको सोधपुछको प्रश्नमा राबडी देवीले केही पनि नभएको बताइन् । उनले भनिन्, ‘यो सबै चल्दै आएको छ ।’
मिडिया रिपोर्टका अनुसार १२ अधिकारीको टोली २ देखि ३ वटा गाडीमा पटनाको उनको १० सर्कुलर रोड निवासमा पुगेको थियो । यसको विरोधमा राजदका नेता तथा कार्यकर्ता निवासबाहिर धर्नामा बसेका थिए । यसैलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था बढाइएको थियो ।
यता उपमुख्यमन्त्री तेजस्वी यादवले आफ्नो परिवारले केन्द्रमा सत्तारुढ भाजपाको लगातार विरोध गरेकोले आमा राबडी देवीको घरमा सीबीआई पुगेको आरोप लगाएका छन् । उनले बुवा लालु यादव रेलमन्त्री हुँदा कुनै पनि कुराको सट्टामा जागिर दिने अधिकार आफूसँग नभएको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण