सी जिनपिङले चेतावनी दिँदै भने, ‘अमेरिकाले चीनलाई रोक्न खोज्दैछ’

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले प्राय: आफ्नो भाषणमा चीनको विकासको मात्र कुरा गर्छन्, अमेरिकाको बारेमा सीधै केही बोल्दैनन् । तर, यसपटक चीनको नेशनल पिपुल्स कंग्रेसका क्रममा आयोजित राजनीतिक सल्लाहकारको समूहको बैठकमा व्यवसायीसँग कुरा गर्दै उनले अमेरिकालाई निशाना बनाएका छन् । उनले अमेरिकाले चीनलाई घेरा हाल्ने, दबाउन र रोक्ने प्रयास गरिरहेको बताउँदै यसका कारण चीनसामु धेरै ‘चुनौती’ खडा भएको उनले बताए ।
अर्कोतर्फ चीनका विदेशमन्त्री चिन गाङले पनि मंगलबार राष्ट्रपतिको भनाइको समर्थन गर्दै चीन र अमेरिकाबीचको तनावपूर्ण सम्बन्धका लागि अमेरिकालाई जिम्मेवार ठहर्याएका छन् । उनले भने, ‘यदि अमेरिकाले आफ्नो गतिविधिमा ब्रेक लगाएन र गलत बाटोमा जान बन्द गरेन भने जतिसुकै सुरक्षा कायम गरे पनि रेल पटरीबाट खस्ने निश्चित छ र यसले द्वन्द्व निम्त्याउन सक्छ। यदि यस्तो भयो भने यसको परिणाम भयावह हुनेछ ।’
‘यो एक लापरवाह खेल हो जसमा दुवै पक्षको हित र सम्पूर्ण मानवताको भविष्य खतरामा छ,’ उनले भने। चिन गाङले ताइवान मुद्दाको उल्लेख गर्दै यो रातो रेखा हो जसलाई पार गर्न नपाइने स्पष्ट पारे । उनले भने, ‘ताइवानको प्रश्न चीनको मूल हितसँग सम्बन्धित छ । यो चीन-अमेरिका राजनीतिक सम्बन्धको केन्द्रबिन्दु हो र यो दुईबीचको सम्बन्धमा रहेको रातो रेखा हो जुन पार गर्नुहुँदैन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत
-
प्रधानमन्त्री र एमआइटीका अनुसन्धानकर्ता मिङ्मार शेर्पाबिच भेटवार्ता
-
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, के भयो कुराकानी ?
-
१० बजे १० समाचार : रवीन्द्र पनि छुटे, धरानमा तनाव
-
तीन ठूला दलप्रति डा.भट्टराईको कटाक्ष : ‘गोरूबाट दूधको आश’ नगरौँ