सी जिनपिङले चेतावनी दिँदै भने, ‘अमेरिकाले चीनलाई रोक्न खोज्दैछ’
बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले प्राय: आफ्नो भाषणमा चीनको विकासको मात्र कुरा गर्छन्, अमेरिकाको बारेमा सीधै केही बोल्दैनन् । तर, यसपटक चीनको नेशनल पिपुल्स कंग्रेसका क्रममा आयोजित राजनीतिक सल्लाहकारको समूहको बैठकमा व्यवसायीसँग कुरा गर्दै उनले अमेरिकालाई निशाना बनाएका छन् । उनले अमेरिकाले चीनलाई घेरा हाल्ने, दबाउन र रोक्ने प्रयास गरिरहेको बताउँदै यसका कारण चीनसामु धेरै ‘चुनौती’ खडा भएको उनले बताए ।
अर्कोतर्फ चीनका विदेशमन्त्री चिन गाङले पनि मंगलबार राष्ट्रपतिको भनाइको समर्थन गर्दै चीन र अमेरिकाबीचको तनावपूर्ण सम्बन्धका लागि अमेरिकालाई जिम्मेवार ठहर्याएका छन् । उनले भने, ‘यदि अमेरिकाले आफ्नो गतिविधिमा ब्रेक लगाएन र गलत बाटोमा जान बन्द गरेन भने जतिसुकै सुरक्षा कायम गरे पनि रेल पटरीबाट खस्ने निश्चित छ र यसले द्वन्द्व निम्त्याउन सक्छ। यदि यस्तो भयो भने यसको परिणाम भयावह हुनेछ ।’
‘यो एक लापरवाह खेल हो जसमा दुवै पक्षको हित र सम्पूर्ण मानवताको भविष्य खतरामा छ,’ उनले भने। चिन गाङले ताइवान मुद्दाको उल्लेख गर्दै यो रातो रेखा हो जसलाई पार गर्न नपाइने स्पष्ट पारे । उनले भने, ‘ताइवानको प्रश्न चीनको मूल हितसँग सम्बन्धित छ । यो चीन-अमेरिका राजनीतिक सम्बन्धको केन्द्रबिन्दु हो र यो दुईबीचको सम्बन्धमा रहेको रातो रेखा हो जुन पार गर्नुहुँदैन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण