मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

कृषि विकास बैंक घोटाला प्रकरण : सर्वोच्चमा अख्तियारको पुनरावेदन

मङ्गलबार, २३ फागुन २०७९, १७ : ०८
मङ्गलबार, २३ फागुन २०७९

काठमाडौँ । कृषि विकाश बैंक घोटाला गरेको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतको फैसलाको विरुद्ध सर्वोच्चमा पुनरावेदन गरिएको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।

कृषि विकाश बैंकको मुख्य शाखा कार्यालय न्युरोडबाट दीपिका रेग्मी समेतले सङ्गठित रूपमा अनधिकृत तरिकाले रकम निकालेर हिनामिना गरेको आरोपमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा विशेष अदालतले दीपिका रेग्मीलाई ८ वर्ष कैद र ३ करोड ९२ लाख ४४ हजार जरिवाना र  रमेशराज विष्टलाई ४ वर्ष कैद र ३१ लाख ६८ हजार जरिवाना ठहर गरेको थियो । अन्य प्रतिवादीलाई सफाइ दिएपछि आयोगले मंगलबार सर्वोच्चमा पुनरावेदन गरेको हो ।

दीपिका रेग्मी, प्रेमहरी ढुंगेल, गोपाल गिरी, महेश्वर मरहट्ठा, सलिल रेग्मी, तारानाथ पाण्डे, रमेशराज विष्ट र प्रकाश घतानी समेतले सङ्गठित रूपमा बैंकको न्यूरोड शाखाबाट ४ करोड २४ लाख १३ हजार रुपैयाँ घोटाला गरेको आयोगको अनुसन्धान निष्कर्ष छ ।

विभिन्न व्यक्तिहरूको नाममा एक पटक प्रयोग भैसकेको एकाउन्ट पेइ चेक ‘इसिसि’को माध्यमबाट उनीहरूले पुन ः चेक क्लियरिङ गरेर सो रकम निकालेको अनुसन्धानबाट खुलेको छ । दीपिका न्यूरोड शाखाको टेलर सहायकको हैसियतमा कार्यरत थिइन् । उनले पेश गरेको कागजातका आधारमा अन्य कर्मचारीले चेः प्रयोग गर्ने निर्णय गरेका थिए । घोटाला गरेको रकम दीपीकाले १० प्रतिशत र प्रेमहरी ढुंगेल सहित अरुले ९० प्रतिशत लिएको आयोगले जनाएको छ ।  

विशेष अदालतले बिगो फोडेर विगको आधारमा जरिवानातर्फको सजाय समेत घटाएको हुनाले फैसला प्रथम दृष्टिमै त्रुटिपूर्ण रहेको आयोगेको जिकिर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप