कृषि विकास बैंक घोटाला प्रकरण : सर्वोच्चमा अख्तियारको पुनरावेदन
काठमाडौँ । कृषि विकाश बैंक घोटाला गरेको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतको फैसलाको विरुद्ध सर्वोच्चमा पुनरावेदन गरिएको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।
कृषि विकाश बैंकको मुख्य शाखा कार्यालय न्युरोडबाट दीपिका रेग्मी समेतले सङ्गठित रूपमा अनधिकृत तरिकाले रकम निकालेर हिनामिना गरेको आरोपमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा विशेष अदालतले दीपिका रेग्मीलाई ८ वर्ष कैद र ३ करोड ९२ लाख ४४ हजार जरिवाना र रमेशराज विष्टलाई ४ वर्ष कैद र ३१ लाख ६८ हजार जरिवाना ठहर गरेको थियो । अन्य प्रतिवादीलाई सफाइ दिएपछि आयोगले मंगलबार सर्वोच्चमा पुनरावेदन गरेको हो ।
दीपिका रेग्मी, प्रेमहरी ढुंगेल, गोपाल गिरी, महेश्वर मरहट्ठा, सलिल रेग्मी, तारानाथ पाण्डे, रमेशराज विष्ट र प्रकाश घतानी समेतले सङ्गठित रूपमा बैंकको न्यूरोड शाखाबाट ४ करोड २४ लाख १३ हजार रुपैयाँ घोटाला गरेको आयोगको अनुसन्धान निष्कर्ष छ ।
विभिन्न व्यक्तिहरूको नाममा एक पटक प्रयोग भैसकेको एकाउन्ट पेइ चेक ‘इसिसि’को माध्यमबाट उनीहरूले पुन ः चेक क्लियरिङ गरेर सो रकम निकालेको अनुसन्धानबाट खुलेको छ । दीपिका न्यूरोड शाखाको टेलर सहायकको हैसियतमा कार्यरत थिइन् । उनले पेश गरेको कागजातका आधारमा अन्य कर्मचारीले चेः प्रयोग गर्ने निर्णय गरेका थिए । घोटाला गरेको रकम दीपीकाले १० प्रतिशत र प्रेमहरी ढुंगेल सहित अरुले ९० प्रतिशत लिएको आयोगले जनाएको छ ।
विशेष अदालतले बिगो फोडेर विगको आधारमा जरिवानातर्फको सजाय समेत घटाएको हुनाले फैसला प्रथम दृष्टिमै त्रुटिपूर्ण रहेको आयोगेको जिकिर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण