मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अब नागरिकता विधेयक छिटै पास हुने अवस्था आएको छ : उपाध्यक्ष अर्याल

मङ्गलबार, २३ फागुन २०७९, १८ : ५१
मङ्गलबार, २३ फागुन २०७९

काठमाडौँ । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले अबको संसदबाट छिट्टै नागरिकता सम्बन्धी विधेयक पास भएर जाने अवस्थामा आएको बताएकी छन् । 

उनले नागरिकता सम्बन्धी यसअघि तयार भइसकेको मस्यौदा फेरि एउटा प्रक्रियाबाट संसदमा लगेर पास गर्नुपर्ने अवस्थामा पुगेको उल्लेख गरेकी हुन । 

मंगलबार महिला कानुन र विकास मञ्चले काठमाडौँमा गरेको ‘म बाट महिलावाद प्रविधिको प्रयोगबाट हुने यौनिक तथा लैङ्गिक हिंसाको प्रतिरोध’ विषयक कार्यक्रममा बोल्दै हिजो नागरिकता विधेयक पास गर्ने सहमतिमा रहेका दलहरू पुनः एकजुट भएका कारण नागरिकता विधेयक छिटो पास हुने अवस्थामा रहेको उनको भनाई छ ।

उपाध्यक्ष अर्यालले नागरिकताको विषयमा बोल्दै नागरिकता सम्बन्धी कानुन पास हुने क्रमका पुगेरपनि त्यसलाई गुमाउनु दुःखद रहेको बताएकी छन् । उनले पदमा भएको व्यक्तिले पदको मर्यादा अनुसार काम नगर्दा अत्यन्तै पीडा हुने गरेको उल्लेख गर्दै नागरिकता नहुँदा आफ्नो टोल छेउमै आत्महत्या गरेको घटना स्मरण गरिन् ।  

यस्तै उनले साइबर अपराधका घटनामा महिला धेरै पीडित रहेको बताउँदै  काठमाडौँमा साइबर अपराधको घटना मात्रै दर्ता हुने र अरु जिल्लामा नहुने विषयमा आफ्नो ध्यानाकर्षण भएको बताइन् । यसबारेमा आफूले गृहमन्त्री, प्रहरी प्रमुख लगायतको ध्यानाकर्षण गराएर कार्यान्वयन गराउने बताएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप