राष्ट्रपति निर्वाचनमा खुलेनन् यी पाँच दल, आचारसंहिताले राेक्याे !
काठमाडौँ । राष्ट्रपति निर्वाचनका लागि सङ्घीय संसद् र प्रदेश संसद्मा आबद्ध सबै राजनीतिक दलले पक्षधरता देखाए पनि केही राजनीतिक दलले कसलाई मत दिने भन्नेबारे अझै खुलेका छैनन् ।
बिहीबार हुने राष्ट्रपति निर्वाचनका लागि सङ्घीय संसद्मा रहेका तीनवटा दल र प्रदेश संसद्मा रहेका २ दल गरी पाँच राजनीतिक दलले राष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्नेबारे नखुलेका हुन् ।
यसरी खुल्न नसकेका सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) रहेका छन् भने प्रदेश संसद्मा प्रतिनिधित्व गर्ने हाम्रो नेपाली पार्टी र सङ्घीय समाजवादी पार्टी रहेका छन् ।
राष्ट्रपति निर्वाचनको बारेमा निर्णय गर्नका लागि राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ भने रास्वपाले सङ्घीय संसदीय दलको बैठक बोलाएको छ । दुवै पक्षले राष्ट्रपति निर्वाचनबारे आवश्यक निर्णय दिने भएका छन् ।
राष्ट्रपति निर्वाचनका लागि सत्तारुढ ९ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेल उम्मेदवार छन् भने प्रतिपक्षी दलबाट नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।
आचारसंहिताले खुल्न नपाइने
राष्ट्रपति निर्वाचनका लागि गत फागुन १७ गतेबाट नै निर्वाचन आचारसंहिता लागु भएकाले कुनै उम्मेदवारको पक्षमा खुल्न भने पाइने छैन ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता लागु भइसकेकाले राजनीतिक दलले पक्षधरता देखाउन नपाउने बताए ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य नै नागरिकको हत्या गर्न लाग्यो : ऐन महर
-
गणेश नेपालीको निधनमा दीपकराज गिरी भन्छन्, ‘सरकारको पहिलो विकेट पतन भयो’
-
गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ : नेकपा
-
खामेनीको अन्त्येष्टिमा ४ करोड ३० लाख मानिस सहभागी
-
गणेश नेपालीको आत्मदाह सामूहिक आत्मचिन्तनको विषय हो : गगन थापा
-
एमालेले भन्यो– नेपालको एक इन्च भूमि र आकाशको रक्षा हाम्रो पहिलो दायित्व हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण