मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा एक पुरुषको शव फेला, ३ जना प्रहरीको नियन्त्रणमा

बुधबार, २४ फागुन २०७९, १४ : १०
बुधबार, २४ फागुन २०७९

बुटवल । रुपन्देहीको सैनमैनामा नगरपालिका एक पुरुषको शव फेला परेको छ । बुधवार सैनमैना नगरपालिका–२ मा रहेको बाबरी पार्टी प्यालेस नजिकै रहेको प्लटिङमा एक पुरुषको शव फेला परेको हो । प्लटिङमा एक  पुरुषको शव फेला पनि उनको विस्तृत विवरण नखुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देही जनाएको छ । 

ती पुरुषको हत्या भएको आशंकामा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए । घटनाको थप अनुसन्धानका लागि अहिले घटनास्थलमा तालिम प्राप्त कुकुर परिचालन गरिएको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप