गुप्तचरका जवान मृत्यु प्रकरण : सँगै वनभोज जानेहरुसँग बयान लिँदै प्रहरी
काठमाडौं । बैतडीमा माछा मार्न र वनभोज खान गएका राष्ट्रिय अनुसन्धान विभागका जवान मृत भेटिए । फागुन २२ मा मृत भेटिएका जीवन बुडाल बझाङमा सूचक पदमा कार्यरत थिए ।
बिदामा घर गएका जीवन बैतडीको दशरथचन्द नगरपालिका–१० खडेनीका स्थानीय हुन् । बुडाल आफ्ना साथिहरुसँग दोगडाकेदार–४ जाडाबगडमा वनभोज खान गएका थिए ।
उनको शव चौलानी नदीको बिच भागमा भेटिएको बैतडीका डिएसपी प्रेम बहादुर शाहीले रातोपाटीलाई बताए । पिकनिक मनाउने र माछा मार्ने योजना सहित साथिहरुसँग उनी चौलानी नदी क्षेत्रमा गएका हुन् ।
सँगै माछा मार्न गएका १२ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेहरुले प्रहरीसँग भनेका छन्,‘भान्सा एकातिर थियो, बुडाल एक्लै माथितिर गएका थिए ।’
पक्राउ पर्नेमा उनीसँगै गएका गजेन्द्र रावल, अर्जुन रावल, केशव रावल, भीम ठगुन्ना, नवीन ठगुन्ना, नारायण ऐरी, भुवनराम लुहार, दीपेन्द्र ऐरी, श्याम ऐरी, पुष्पराज भट्ट, टेक खत्री र मोहन ठगुन्ना छन् ।
पक्राउ परेकाहरुविरुद्ध मृतकका आफन्तले ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दिएका छन् । पक्राउ गरिएकाहरुसँग सोधपुछ भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डिएसपी भरत बहादुर चौधरीले रातोपाटीलाई बताए । उनी भन्छन्–‘आरोपीहरुसँग सोधपुछ गरिरहेका छौं ।’
चौलानी नदीमा माछा मार्न उनीहरूले विष्फोटक पदार्थ पनि प्रयोग गरेको भेटिएको छ । प्रहरीले घटनास्थलबाट विष्फोटक पदार्थ पनि बरामद गरेको छ । जिल्ला अस्पतालमा पोष्टमार्टम पछि आफन्तले मृतकको शव बुझेका छन् । मृत्युको कारण पत्ता लगाउन ‘भिसेरा’ को नमुना परीक्षण गर्न काठमाडौँमा पठाएको बैतडीका डिएसपी प्रेम बहादुर शाहीले जानकारी दिए ।
अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार मृतकको शरीरमा बाहिरी चोटपटक देखिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण