अभिनेत्री सुरक्षा र अभिनेता मानवले गरे इन्गेजमेन्ट
बुधबार, २४ फागुन २०७९, १७ : ०२
काठमाडौँ । अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीबीच इन्गेजमेन्ट भएको छ । बुधबार आयोजित एक समारोहकाबीच पन्त र सुवेदीको इन्गेजमेन्ट भएको हो ।
जसको जानकारी अभिनेत्री पन्तले सामाजिक सञ्जालमार्फत तस्बिर शेयर गर्दै दिएकी छन् ।
तस्बिरका साथ उनले लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदैछ । हामी धेरै खुसी छौं । आशीर्वाद दिनुहोला ।’
पन्त र सुवेदीको बिहीबार चितवनको सौराहामा विवाह समारोह आयोजना हुँदैछ । विवाहमा दुबैतर्फका नजिकका साथीभाई, आफन्त सहभागी हुनेछन् ।
दुबैले विगत ६ वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् । पन्तले इन्गेजमेन्टको तस्बिर सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा उनलाई बधाई तथा सफल दाम्पत्य जीवनको शुभ–कामना मिलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४८ औँ मिनेटमा किलियन एम्बाप्पेको गोल, गोल्डेन बुटको दौडमा मेस्सीलाई उछिने
-
मियामीमा इङ्गल्याण्डको एकपक्षीय दबदबा: पहिलो हाफको समाप्तिसम्म गोलको वर्षा
-
फ्रान्सविरुद्ध इङ्गल्याण्डको गोलवर्षा: ४५ औँ मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल
-
बुकायो साका चम्किएपछि पहिलो हाफमै इङ्गल्याण्डको तेस्रो गोल
-
इङ्गल्याण्डको दोस्रो गोल, फ्रान्सविरुद्ध २–० को बलियो अग्रता
-
तेस्रो मिनेटमै डिक्लान राइसको गोल: फ्रान्सविरुद्ध इङ्गल्याण्डलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण