धनुषामा उच्छृङ्खल गतिविधि गर्ने १७ जना प्रहरीको नियन्त्रणमा
बुधबार, २४ फागुन २०७९, २२ : ४३
जनकपुरधाम । उच्छृङ्खल गतिविधि गरेको आरोपमा धनुषा प्रहरीले बुधवार १७ जनालाई पक्राउ गरेको छ । होली पर्वलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न खटेका प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
सार्वजनिक ठाउँमा हो हल्ला गर्ने लगायतका उच्छृङ्खल गतिविधि गर्ने व्यक्तिहरुलाई पक्राउ गरिएको र पक्राउ परेका केहीलाई अभद्र व्यवहारको मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए । सामान्य बदमासी गरेकाहरुलाई भने सोधपुछ गरी छाडिने उनले बताए ।
त्यस्तै मादक पदार्थ सेवन गरेको र बिना हेल्मेट मोटरसाइकल चलाएको आरोपमा २९० वटा मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण