शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

चितवनको सौराहामा लगनगाँठो कस्दै सुरक्षा र मानव

बिहीबार, २५ फागुन २०७९, १० : ५०
बिहीबार, २५ फागुन २०७९

काठमाडौँ । अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी आज विवाह बन्धनमा बाँधिँदै छन् । चितवनको सौराहामा उनीहरूको वैवाहिक समारोह आयोजना गरिएको छ । उनीहरूको विवाहमा सीमित फिल्मकर्मी साथीभाइ र आफन्त निम्त्याइएको छ । दुवैले विगत ६ वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् ।

केही अगाडि विवाह गर्ने सार्वजनिक गरेका दुवैले बुधबार इन्गेजमेन्ट गरेका थिए । जसको तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो । सुरक्षाले आमा, गोपी, अझै पनि, रोमियो, चङ्गाचेट लगायत थुप्रै फिल्म अभिनय गरेकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप