शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय
आईसीसी पुरुष क्रिकेट

नेपालको तेस्रो विकेट गुमायो, ज्ञानेन्द्र ११ रन बनाएर आउट

बिहीबार, २५ फागुन २०७९, ११ : १८
बिहीबार, २५ फागुन २०७९

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरगत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका ज्ञानेन्द्र मल्ल ११ रन बनाएर आउट भएका हुन् । 
यसअघि नेपालले कुसल मल्लको रुपमा दोस्रो विकेट गुमाएको थियोे । 

उनलाई असाड भालाले क्याच आउट गराएका हुन् । नेपालका लागि अहिले कप्तान रोहित कुमार पौडेल ब्याटिङमा आएका छन् ।  नेपालले २६ ओभरको समाप्तिमा ३ विकेट गुमाएर १४४ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप