कांग्रेस सरकार बनाउने र भत्काउने खेलमा लाग्दैन : धनराज गुरुङ
बिहीबार, २५ फागुन २०७९, १७ : ५७
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले ८ दलीय गठबन्धनबाट स्थिर सरकार बनाउने बताएका छन् । राष्ट्रपति निर्वाचनपछि संसद भवनमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले ८ दलीय गठबन्धन पाँच वर्ष जाने बताए ।
उनले भने, ‘यो गठबन्धन पाँच वर्ष टिक्नुपर्छ । सरकार बनाउने र भत्काउने खेलामा कांग्रेस जाँदैन । ढुक्क भए हुन्छ ।’ कांग्रेससँग सहकार्य गरेर जान सकिन्छ भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिबारे उनले आफ्नो कुनै टिप्पणी नभएको बताए । तर कांग्रेस यही गठबन्धनलाई अगाडि लिएर जाने कुरामा प्रस्ट रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण