अन्तर कलेज भलिबल प्रतियोगिता सुरु
विराटनगर । जिल्लास्तरीय अन्तर कलेज भलिबल प्रतियोगिता विराटनगरमा सुरु भएको छ । मदन भण्डारी स्पोटर्स एकेडेमी विराटनगर महानगर कमिटीको आयोजनामा जिल्लास्तरीय अन्तरकलेज भलिबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको हो ।
उद्घाटन खेलमा इडनबर्ग कलेज विराटनगर विजयी भएको छ । लेटाङ बहुमुखी क्याम्पसलाई १९–२५ र २२–२५ को सोझो सेटमा पराजित गर्दै इडनबर्ग सेमिफाइनमा प्रवेश गरेको हो ।
प्रतियोगितामा विजेतालाई नगद ३१ हजार र उपविजेतालाई रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गर्ने आयोजकले बताएको छ ।
प्रतियोगिताको उद्धाटन नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाले गरे । प्रतियोगिताको उद्घाटन गर्दै थापाले मदन भण्डारी स्पोटर्स एकेडेमीले आयोजना गरेको खेलले नेपालकै भलिबल खेलको विकासमा महत्वपूर्ण योगदान दिने बताए ।
खेलकुद क्षेत्रमा सरकारहरुले गरेको लगानी अत्यन्त न्यून रहने गरेको बताउँदै उनले नेपाली खेलकुद, खेलाडी र खेलप्रेमीहरुको बलमा मात्र टिकेको बताए । खेलकुद क्षेत्रले देशलाई विश्वमा चिनाउन मद्दत गर्ने भएकाले खेल क्षेत्रको सुधारमा सरकारले ध्यान दिनुपर्ने उनले बताए ।
पुष्पलालचौकको खेल मैदानमा फाल्गुन २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० टिमको सहभागीता रहने आयोजक मदन भण्डारी स्पोटर्स एकेडेमी विराटनगरका अध्यक्ष गोपाल झाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण