शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

म्यानचेस्टर युनाइटेड युरोपा लिगको प्रि–क्वाटरफाइनल प्रवेश

शुक्रबार, २६ फागुन २०७९, ०८ : २२
शुक्रबार, २६ फागुन २०७९

काठमाडौं, २६ फागुन । म्यानचेस्टर युनाइटेडले युरोपा लिगको प्रि–क्वाटरफाइनलमा पुगेको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलमा युनाइटेडले स्पेनिस क्लब रियल बेटिसमाथि ४–१ को फराकिलो जित निकाल्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो । 

युनाइटेडको जितमा मार्कस रासफर्ड, एन्टोनी, ब्रुनो फर्नान्डेस र वोउट वेगह्रस्टले योगदान गरे भने जवाफमा  रियल बेटिसका एयोजी पेरेजले एक गोल फर्काएका थिए । 

खेलको छैटौं मिनेटमा नै रासफर्डको गोलबाट युनाइटेडले १–० को अग्रता लिएको थियो तर  ३२औं मिनेटमा एयोजीले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए ।

दोस्रो हाफको ५२औं मिनेटमा एन्टोनीको गोलमा २–१ ले अघि बढेको युर्नाटेड ५८औं मिनेटमा फर्नान्डेसको गोलमार्फत ३–१ को अग्रता लिन सफल भयो । 

८२औं मिनेटमा वोउट वेगह्रस्टले स्कट म्याकटोमिनेको पासमा गोल गर्दै युनाइटेडको सानदार जित पक्का गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप