म्यानचेस्टर युनाइटेड युरोपा लिगको प्रि–क्वाटरफाइनल प्रवेश
काठमाडौं, २६ फागुन । म्यानचेस्टर युनाइटेडले युरोपा लिगको प्रि–क्वाटरफाइनलमा पुगेको छ ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलमा युनाइटेडले स्पेनिस क्लब रियल बेटिसमाथि ४–१ को फराकिलो जित निकाल्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
युनाइटेडको जितमा मार्कस रासफर्ड, एन्टोनी, ब्रुनो फर्नान्डेस र वोउट वेगह्रस्टले योगदान गरे भने जवाफमा रियल बेटिसका एयोजी पेरेजले एक गोल फर्काएका थिए ।
खेलको छैटौं मिनेटमा नै रासफर्डको गोलबाट युनाइटेडले १–० को अग्रता लिएको थियो तर ३२औं मिनेटमा एयोजीले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए ।
दोस्रो हाफको ५२औं मिनेटमा एन्टोनीको गोलमा २–१ ले अघि बढेको युर्नाटेड ५८औं मिनेटमा फर्नान्डेसको गोलमार्फत ३–१ को अग्रता लिन सफल भयो ।
८२औं मिनेटमा वोउट वेगह्रस्टले स्कट म्याकटोमिनेको पासमा गोल गर्दै युनाइटेडको सानदार जित पक्का गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण