सी जिनपिङ लगातार तेस्रो पटक चीनको राष्ट्रपति
शुक्रवार, सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् । माओत्सेतुङपछि उनले आफूलाई देशको सबैभन्दा शक्तिशाली नेताका रूपमा स्थापित गरेको बताइएको छ ।
चीनको संसद्, नेशनल पिपुल्स कंग्रेस (एनपीसी) का झन्डै तीन हजार सदस्यले सर्वसम्मतिले सी जिनपिङको पक्षमा मतदान गरेका छन् । ६९ वर्षीय सी जिनपिङको अगाडि यो निर्वाचनमा अन्य कुनै उम्मेदवारले भाग लिएनन् । चीनको यो संसदलाई राष्ट्रपतिको रबर स्ट्याम्प भनिन्छ ।
एक घण्टासम्म चलेको मतदान प्रक्रिया १५ मिनेटमा सकिएको थियो ।
सन् २०१८ मा चीनको संविधानमा परिवर्तन गरेर राष्ट्रपति बन्ने सीमा खारेज भएपछि यस निर्वाचनमा सी जिनपिङको जित निश्चित थियो ।
त्यसपछि मात्र २०२३ मा सीले तेस्रो पटक सत्तामा रहनका लागि यो परिवर्तन गरेको अनुमान गरिएको थियो ।
सी जिनपिङले सोमबार संसद्को वार्षिक अधिवेशनमा सम्बोधन गर्नेछन् । तीन वर्षसम्म चलेको कडा कोभिड नीतिका कारण हाल चीन आर्थिक सङ्कटको सामना गरिरहेको छ ।
गत हप्ता सी जिनपिङले चीनको आर्थिक सङ्कटका लागि अमेरिका र पश्चिमी देशलाई दोष दिएका थिए।
राष्ट्रपति चुनाव जित्नु धेरै हदसम्म औपचारिकता हो । सी जिनपिङलाई उनको पार्टीले केन्द्रीय सैन्य आयोगको अध्यक्षमा यसअघि नै चयन गरिसकेको छ । उनले चिनियाँ सशस्त्र बलको कमान्डर–इन–चीफको रूपमा आफ्नो तेस्रो कार्यकाल सुरु गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण