सी जिनपिङ लगातार तेस्रो पटक चीनको राष्ट्रपति

शुक्रवार, सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् । माओत्सेतुङपछि उनले आफूलाई देशको सबैभन्दा शक्तिशाली नेताका रूपमा स्थापित गरेको बताइएको छ ।
चीनको संसद्, नेशनल पिपुल्स कंग्रेस (एनपीसी) का झन्डै तीन हजार सदस्यले सर्वसम्मतिले सी जिनपिङको पक्षमा मतदान गरेका छन् । ६९ वर्षीय सी जिनपिङको अगाडि यो निर्वाचनमा अन्य कुनै उम्मेदवारले भाग लिएनन् । चीनको यो संसदलाई राष्ट्रपतिको रबर स्ट्याम्प भनिन्छ ।
एक घण्टासम्म चलेको मतदान प्रक्रिया १५ मिनेटमा सकिएको थियो ।
सन् २०१८ मा चीनको संविधानमा परिवर्तन गरेर राष्ट्रपति बन्ने सीमा खारेज भएपछि यस निर्वाचनमा सी जिनपिङको जित निश्चित थियो ।
त्यसपछि मात्र २०२३ मा सीले तेस्रो पटक सत्तामा रहनका लागि यो परिवर्तन गरेको अनुमान गरिएको थियो ।
सी जिनपिङले सोमबार संसद्को वार्षिक अधिवेशनमा सम्बोधन गर्नेछन् । तीन वर्षसम्म चलेको कडा कोभिड नीतिका कारण हाल चीन आर्थिक सङ्कटको सामना गरिरहेको छ ।
गत हप्ता सी जिनपिङले चीनको आर्थिक सङ्कटका लागि अमेरिका र पश्चिमी देशलाई दोष दिएका थिए।
राष्ट्रपति चुनाव जित्नु धेरै हदसम्म औपचारिकता हो । सी जिनपिङलाई उनको पार्टीले केन्द्रीय सैन्य आयोगको अध्यक्षमा यसअघि नै चयन गरिसकेको छ । उनले चिनियाँ सशस्त्र बलको कमान्डर–इन–चीफको रूपमा आफ्नो तेस्रो कार्यकाल सुरु गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोर्ड तथा परिषद हटाउने प्रयास गर्दै बागमती सरकार
-
सङ्घ र प्रदेशको अधिकारको विवादले वन मुद्दा फछ्र्यौट हुनै सकस
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसहित तीन वायु थप सक्रिय, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
यस्तो छ बुधबारको लागि विदेशी मुद्राको विनिमय दर
-
अहमदाबाद विमान दुर्घटनाः १ सय २४ जनाको शव परिवारलाई बुझाइयो