समाचार
पाँच जना डीआईजी एआईजी बढुवामा सिफारिस
शुक्रबार, २६ फागुन २०७९, २२ : ३०
काठमाडौँ। सरकारले पाँच जना प्रहरी नायब महानिरीक्षक(डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको लागि सिफारिस गरेको छ। शुक्रबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो।
बढुवा सिफारिस हुने डीआईजीहरुमा क्रमशः बसन्त बहादुर कुबर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य छन्। पाँच जना एआईजीको पद लामो समयसम्म खाली रहेपनि बढुवा हुन सकेको थिएन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन पछि बढुवा समितिको बैठकले उम्मेदवार सूचीको नाम टुंग्याउँदै पाँच जना डीआईजीको सिफारिस गरेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण