सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

यी चार ठाउँबाट सुरु भयो पोखरामा रात्रिकालीन उडान

शुक्रबार, २६ फागुन २०७९, १६ : २८
शुक्रबार, २६ फागुन २०७९

पोखरा । पोखरा रुटमा रात्रिकालीन उडान सुरु भएको छ । यसअघि पोखरामा रात्रिकालीन उडानको सुविधा थिएन । 

जनवरी १ बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध, यती, श्री, सौर्य, श्री, गुणलगायतका वायुसेवाले आन्तरिक उडान गर्दै आएका थिए । 

आन्तरिक उडानतर्फ बिहानदेखि दिउँसो ४ बजेसम्म हुने गरेका थिए । अव त्यो अवस्थाको अन्त्य भएको विमानस्थलका प्रमुख विक्रम गौतमले बताए । 

‘बिहीबार बेलुका नै बुद्ध एयरलाइन्सको विमान भद्रपुरबाट पोखरा अवतरण गरेको थियो । शुक्रबार उक्त विमानले पोखरादेखि भद्रपुरसम्मको उडान सफलताका साथ अवतरण गरेको छ,’ प्रमुख गौतमले भने । 

पोखरालाई हवाई उडानबाट पूर्वी गन्तव्यसम्म जोड्ने एयरलाइन्सले उडान थालेको हो । एयरलाइन्सले पोखरा भद्रपुर उडान गर्न शुक्रबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पर्यटन व्यवसायी र पत्रकारहरूको टोलीलाई लिएर पुगेको थियो । 

मेयर आचार्यले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पोखरा–भद्रपुर सीधा उडान सुरु भएको छ ।  १ घण्टा ५ मिनटमा अवतरण गरियो । धन्यवाद मेयरसाव, भद्रपुर नगरपालिका गणेश पोखरेल ज्यु, उपमेयर राधा कार्की ज्यु, निवर्तमान मेयर जीवन श्रेष्ठ ज्यु तथा सम्पूर्ण पर्यटन व्यवसायी मित्रहरुमा ।’

बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा देशका विभिन्न चार गन्तव्यबाट बिहीबार ९ मार्चदेखि रात्रिकालीन उडान सुरु गरेको हो । काठमाडौँ, भद्रपुर, भैरहवा तथा नेपालगन्जबाट रात्रिकालीन उडान भइहरेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कणले बताए ।

 ‘रात्रिकालीन उडानको समय काठमाडौँ–पोखरा १९ः३५ बजे, पोखरा–काठमाडौँ १७ः३० भद्रपुर–पोखरा १८ः५५ नेपालगन्ज–पोखरा १९ः३० भैरहवा–पोखरा १९ः२५ सुरु भएको हो । यी चारै गन्तव्यका जहाजहरु रात्रि विसान पोखरामै हुन्छ । भोलिपल्ट बिहानै ती जहाजहरुबाट पुनः काठमाडौँ, भैरहवा, नेपालगन्ज तथा भद्रपुरको उडान भर्नेछन्,’ कर्णले भने । रात्रिकालीन उडानसँग पोखरेली पर्यटन व्यवसायीहरु खुसी देखिएका छन् । 

आईएफआर उडान नहुँदा पोखराको उडान दिउँसो ४ बजेसम्म मात्र सीमित भएको थियो । बुद्ध एयरसँग यसअघि शौय एयरलाइन्सले रात्रिकालीन उडान गरेको थियो । एयरलाइन्सका एटीआर–७२ जहाज तथा एटीआर–४२ जहाजबाट उडान हुनेछ । 

रात्रिकालीन उडानको समय

काठमाडौँ–पोखरा १९ः३५

पोखरा–काठमाडौँ १७ः३०

भद्रपुर–पोखरा १८ः५५

नेपालगन्ज–पोखरा १९ः३०

भैरहवा–पोखरा १९ः२५

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप