यूएईमाथि पीएनजीको सहज जित
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी)ले यूएईमाथि सहज जित निकालेको छ ।
शुक्रबार भएको खेलमा पीएनजीले यूएईलाई ५६ रनले हराएको हो । त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको २४७ रनको लक्ष्य पछ्याएको यूएईले ४२ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १९० रन बनायो ।
यूएईका लागि आर्यन लाकरले ५१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै मोहमद वसिमले ४१ रन जोड्दा चन्दनगोपियल रिजवान र जवान फरिदले १९–१९ रन जोडे ।
बलिङतर्फ पीएनजीका लागि रिले हेकुरेले तीन विकेट लिए । त्यस्तै काबुवा मोरेअ र असाड भालाले दुई–दुई विकेट लिँदा सेमो कामिया र नोरमान भानुवाले एक–एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ९ गुमाएर २४६ रन बनाएको थियो ।
पीएनजीका लागि सेसे बाउ, किप्लीन डोरिगा तथा हिरी हिरीले अर्धशतक बनाए । सेसे बाउले ८१ रन बनाए । त्यस्तै हिरि हिरिले ७७ रन बनाउँदा किप्लीन डोरिगाले ५५ रन बनाए ।
यूएईका लागि आयान खानले ३ जुनेद सिद्धिकी र जाहोर खानले समान २–२ विकेट लिए । कार्तिक मैयप्पन र रोहन मुस्ताफाले समान ११ विकेट लिए ।
जितसँगै विश्वकप लिग–२ मा पीएनजीले ३४ खेलमा ११ अंक जोडेर तालिकाको पुछारमा छ । पराजित यूएईले ३३ खेलमा ३१ अंक जोडेर अंक तालिकाको छैटौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन जलविद्युत् आयोजनाको आरसीओडी थप्ने प्रक्रिया अघि बढ्यो
-
स्वास्थ्यसम्बन्धी तीन वटा ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन आग्रह
-
संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाले लिए शपथ
-
'बीपीले राष्ट्रपति बन्न अस्वीकार गरेका थिए'
-
धनुषा प्रहरीद्वारा फरार ४४ प्रतिवादी पक्राउ
-
सर्लाहीमा मिटरब्याज पीडितमाथि आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण