पूर्वसहमति अनुसार मलाई नै दलहरूले मतदान गर्नेछन् : उम्मेदवार यादव

काठमाडौँ । जसपा नेपालबाट उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका रामसहाय प्रसाद यादवले दलहरूले पूर्वसहमति अनुसार नै आफूलाई मतदान गर्ने दाबी गरेका छन् । सत्तारुढ दलको यसअघिको सहमति अनुसार नै यादवले शनिबार संसद् भवनस्थित उपराष्ट्रपतिको लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
यादवको प्रस्तावकमा अशोककुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी रहेका छन् । त्यस्तै, उनको समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी रहेका छन् ।
उम्मेदवारी दर्ता गराएपछि यादवले भने, ‘उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराउन पाउँदा मलाई खुसी लागेको छ । मलाई प्रस्ताव र समर्थन गर्ने दलहरूलाई धन्यवाद दिन चाहन्छु । आउने दिनमा निर्वाचित भइयो भने मुलुकको संविधानको रक्षा गर्ने, पालना गर्ने र राष्ट्रिय एकतालाई अझै मजबुत पार्ने भूमिका खेल्नेछु । मलाई उपराष्ट्रपति पदमा निर्वाचित गराउन सबै दलहरूलाई अपिल पनि गर्छु । पूर्व सहमतिअनुसार नै दलहरूले मलाई मतदान गर्नुहुनेछ ।’ उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इस्तानबुलमा हुने युक्रेन शान्ति वार्तामा पुटिन नजाने भएपछि रिसाए जेलेन्स्की
-
ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए
-
कोशीमा समुदायगत धार्मिक द्वन्द्व चुनौती बनेको निष्कर्ष
-
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ नेपाल भ्रमणमा
-
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध
-
बङ्गलामुखीको बार आज कुन राशिलाई कति लाभ ?