पूर्वसहमति अनुसार मलाई नै दलहरूले मतदान गर्नेछन् : उम्मेदवार यादव
काठमाडौँ । जसपा नेपालबाट उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका रामसहाय प्रसाद यादवले दलहरूले पूर्वसहमति अनुसार नै आफूलाई मतदान गर्ने दाबी गरेका छन् । सत्तारुढ दलको यसअघिको सहमति अनुसार नै यादवले शनिबार संसद् भवनस्थित उपराष्ट्रपतिको लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
यादवको प्रस्तावकमा अशोककुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी रहेका छन् । त्यस्तै, उनको समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी रहेका छन् ।
उम्मेदवारी दर्ता गराएपछि यादवले भने, ‘उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराउन पाउँदा मलाई खुसी लागेको छ । मलाई प्रस्ताव र समर्थन गर्ने दलहरूलाई धन्यवाद दिन चाहन्छु । आउने दिनमा निर्वाचित भइयो भने मुलुकको संविधानको रक्षा गर्ने, पालना गर्ने र राष्ट्रिय एकतालाई अझै मजबुत पार्ने भूमिका खेल्नेछु । मलाई उपराष्ट्रपति पदमा निर्वाचित गराउन सबै दलहरूलाई अपिल पनि गर्छु । पूर्व सहमतिअनुसार नै दलहरूले मलाई मतदान गर्नुहुनेछ ।’ उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण