उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवविरुद्ध उजुरी दर्ता
काठमाडौँ । उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको छ । नेकपा एमालेका तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार रहेकी अष्टलक्ष्मी शाक्यका प्रतिनिधि महेश बर्तौलाले उजुरी दर्ता गराएका छन् ।
बिहान ९ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम सकिएपछि निर्वाचन कार्यक्रम तालिका अन्तर्गत उम्मेदवार विरुद्धको दावी विरोधको कार्यक्रम सूरु भएपछि बर्तौलाले यादवको उम्मेदवारी विरुद्ध उजुरी गरेका हुन् ।
उजुरीमा नेपालको संविधानको धारा ७० ले राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्ग वा समुदायको हुनुपर्ने व्यवस्था रहेको र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा १६ को ५ अनुसार पनि उपराष्ट्रपतिको लागि उमेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्तिभन्दा फरक लिङ्ग वा समुदायको हुनुपर्ने उल्लेख भएको जिकिर गरिएको छ ।
उजुरीमा भनिएको छ– ‘यस आधारमा समेत राष्ट्रपति पदमा खसआर्य समुदायबाट पुरुष निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपति पदमा खसआर्य समुदायको पुरुषबाहेक मात्र उमेद्वार हुनसक्छ । यसैले सो पदमा पुरुष उमेदवार हुन सक्दैन ।’
यस्तै नेपालको संविधानको प्रस्तावनामा उल्लेख समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था गरेको, संविधानको धारा ३८ को ४ ले महिलालाई सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक स्पष्ट व्यवस्था गरेको अवस्थामा राष्ट्रपति र उपराष्ट्रपति पद दुवैमा पुरुष निर्वाचित हुने परिकल्पना संविधानले नगरेको विषय पनि औल्याउँदै यादवको उम्मेदवारी खारेजीको माग गरिएको छ ।
यस्तो छ उजुरीको ब्यहोरा :




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण