एम्बाप्पे र मेस्सीको साझेदारीमा पिएसजीकाे जित
आइतबार, २८ फागुन २०७९, ०८ : २६
काठमाडौँ । पिएसजीले घरेलु टोली ब्रेस्टलाई २–१ ले पराजित गर्दै थप ३ अंक जोडन सफल भएको छ ।
ब्रेस्टमा शनिबार राति भएको खेलको पहिलो हाफमा ३७औं मिनेटमा कार्लोस सोलेरको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो, तर ४३औं मिनेटमा फ्रान्क होनोरटले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए ।
दोस्रो हाफको अन्त्यतिर एमबाप्पेले लियोनेल मेस्सीको पासमा गोल गर्दै पिएसजीलाई ३ अंक दिलाए ।
यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको २७ खेलबाट ६६ अंक पुगेको छ । पराजित ब्रेस्ट २३ अंक जोडेर १५औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण