क्लासिको अघि रियलको पुनरागमन जीत
आइतबार, २८ फागुन २०७९, ०९ : ५९
मड्रिड । एक गोलले पछि परेको स्थिति उल्टाउँदै रियल मड्रिडले ला लिगामा एस्पानियोललाई ३–१ गोलले पराजित गरेको छ । लिगमा पछिल्ला ३ खेलमा रियलको यो पहिलो जीत थियो ।
शनिबार साँझ भएको खेलको आठौँ मिनेटमा नै रियल पछि परेको थियो । जोसेलुले एस्पानियोललाई अप्रत्यासित अग्रता दिलाएका थिए । तर, पहिलो हाफमा भिनिसियस जुनियर र एडर मिलिटाओले गोल गर्दै रियलमा खेलमा फर्काएका थिए । खेलको इन्जुरी समयमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई सहज जीत दिलाए ।
एक खेल बढी खेलेको रियल शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा ६ अंकले पछि रहेको छ । अर्को हप्ता रियलले एल क्लासिकोमा बार्साको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण