दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालीवालको खुलासा – बुवाले सानो हुँदा यौन शोषण गरे
दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालीवालले आफू सानो हुँदा बुवाले यौन शोषण गरेको खुलासा गरेकी छिन् ।
एक कार्यक्रमपछि मिडियासँगको कुराकानीमा स्वाति मालीवालले भनिन्, ‘म सानी हुँदा मेरा आफ्नै बुवाले मेरो यौन शोषण गर्दथे । उनले मलाई असाध्यै कुट्थे । उनी घर आउँदा असाध्यै डर लाग्थ्यो ।’
‘म कति पटक बेडको मुनी लुक्थेँ र महिला र बच्चाहरूको शोषण गर्नेहरूलाई कसरी पाठ पढाउने होला भनेर रात भरी योजना बनाउँथेँ,’ उनले भनिन् ।
केही दिन अघि भाजपाका नेता र अब राष्ट्रिय महिला आयोगकी सदस्य खुशबू सुन्दरले पनि यस्तै घटना सुनाएकी थिइन् । उनका अनुसार उनी आठ वर्षको हुँदा उनका बुवाले उनको यौन उत्पीडन गरेका थिए । उनका लागि यो असाध्यै मुस्किल परिस्थिति भएको पनि उनले बताइन् ।
#WATCH | "I was sexually assaulted by my father when I was a child. He used to beat me up, I used to hide under the bed," DCW chief Swati Maliwal expresses her ordeal alleging her father sexually assaulted her during childhood pic.twitter.com/GsUqKDh2w8
— ANI (@ANI) March 11, 2023
खुशबू सुन्दरले हालै जयपुरमा आयोजित एक कार्यक्रम ‘वि द वुमन’ मा उनी १५ वर्षको हुँदा आफ्ना बुवाविरुद्ध विरोध गर्न सुरु गरेको जानकारी दिइन् । त्यसपछि उनका बुवाले उनको परिवारलाई बेसहारा छोडेका थिए ।
उनले भने, ‘सबैभन्दा मुस्किल कुरा, जसले मलाई लामो समयसम्म तनाव दिइरह्यो, जसलाई म बिर्सन सक्दिनँ र कहिल्यै माफी दिन सक्दिनँ, तर त्यसलाई छोडेर अघि बढ्नेछु र त्यो बुवाले बच्चा बेलामा गरेको यौन उत्पीडन हो । जब एक बालक वा बालिकाको यौन उत्पीडन हुन्छ तब त्यसले उसलाई जीवन भरी घोचिरहन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण