आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालीवालको खुलासा – बुवाले सानो हुँदा यौन शोषण गरे

आइतबार, २८ फागुन २०७९, १० : १६
आइतबार, २८ फागुन २०७९

दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालीवालले आफू सानो हुँदा बुवाले यौन शोषण गरेको खुलासा गरेकी छिन् ।

एक कार्यक्रमपछि मिडियासँगको कुराकानीमा स्वाति मालीवालले भनिन्, ‘म सानी हुँदा मेरा आफ्नै बुवाले मेरो यौन शोषण गर्दथे । उनले मलाई असाध्यै कुट्थे । उनी घर आउँदा असाध्यै डर लाग्थ्यो ।’

‘म कति पटक बेडको मुनी लुक्थेँ र महिला र बच्चाहरूको शोषण गर्नेहरूलाई कसरी पाठ पढाउने होला भनेर रात भरी योजना बनाउँथेँ,’ उनले भनिन् ।

केही दिन अघि भाजपाका नेता र अब राष्ट्रिय महिला आयोगकी सदस्य खुशबू सुन्दरले पनि यस्तै घटना सुनाएकी थिइन् । उनका अनुसार उनी आठ  वर्षको हुँदा उनका बुवाले उनको यौन उत्पीडन गरेका थिए । उनका लागि यो असाध्यै मुस्किल परिस्थिति भएको पनि उनले बताइन् ।

खुशबू सुन्दरले हालै जयपुरमा आयोजित एक कार्यक्रम ‘वि द वुमन’ मा उनी १५ वर्षको हुँदा आफ्ना बुवाविरुद्ध विरोध गर्न सुरु गरेको जानकारी दिइन् । त्यसपछि उनका बुवाले उनको परिवारलाई बेसहारा छोडेका थिए ।

उनले भने, ‘सबैभन्दा मुस्किल कुरा, जसले मलाई लामो समयसम्म तनाव दिइरह्यो, जसलाई म बिर्सन सक्दिनँ र कहिल्यै माफी दिन सक्दिनँ, तर त्यसलाई छोडेर अघि बढ्नेछु र त्यो बुवाले बच्चा बेलामा गरेको यौन उत्पीडन हो । जब एक बालक वा बालिकाको यौन उत्पीडन हुन्छ तब त्यसले उसलाई जीवन भरी घोचिरहन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप