शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लवका नाममा जारी भयो पक्राउ पुर्जी, अब के हुन्छ ?

बुधबार, १६ फागुन २०७४, ०६ : ००
बुधबार, १६ फागुन २०७४

काठमाडौं  । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई गिरफ्तार गर्ने तयारी भएको छ । 

कपिलबस्तु जिल्ला प्रहरीले प्रक्राउ पुर्जी जारी गरेको हो ।

विप्लवको घरमा पुर्जी टाँस भएको छ । 

जिल्ला प्रहरी कार्यलय कपिलबस्तुको प्रहरी निरीक्षक केशवराज ज्ञवालीले पक्राउ पुर्जी टाँस भएको पुष्टी गरे । 

उनका अनुसार भोजपुर जिल्ला अदालतले विस्फोट पदार्थ र ज्यान मार्ने उद्योग मुद्दामा उपस्थित गराउन पत्रचार गरेपछि कपिलबस्तु प्रहरीले पुर्जी टाँस गरेको हो । 

विप्लव लामो समयदेखि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । 

नेकपाका नेताहरुको पुर्जी टाँसका विषयमा प्रतिक्रिया पनि पाएको छ । 

नेकपाका पोलिटव्यूरो सदस्य भरत बमले विप्लवको घरमा पक्राउ पुर्जी टाँस गरिएको बताए । 

आफ्नो फुसवुक वालमा महासचिव विप्लवलाई वारेन्ट जारी गरेपछि के हुन्छ ?  भन्ने प्रश्नसहित त्यसपछि उत्पन्न हुने राजनीतिक अबस्थावारे लेखेका छन् । 

नेता बमले यसले राज्यले लिने नीति स्पष्ट गरेको र अब आफ्नो पार्टी त्यहीँ अनुसार अगाडि बढने बताए । 

नेकपाका पोलिटव्यूरो सदस्य बमले लेखेका छन् 

महासचिव विप्लवलाई वारेन्ट जारी गरेपछि के हुन्छ ?

-सरल शब्दमा भन्दा यो सरकारको दमन गर्ने संकेत हो यस्ले अनिवार्य प्रतिरोध जन्माउछ ।

-विप्लवले अगाडि सारेको राजनैतिक विचारमा राज्यले हारेको छ र उस्ले बन्दुक र कानुन अगाडि सारेको छ ।

-विप्लवको वारेन्टलाई प्रतिक्रान्तिले क्रान्तिलाई र दलालले स्वाभिमानलाई वारेन्ट जारी गरेको अर्थमा बुझ्नुपर्छ ।

-साम्राज्यवादको रणनीति अनुरुप कम्युनिस्टको बदनाम गरेर कम्युनिस्टको अन्त्य गर्ने उदेश्यसहित अहिले सामाजिक दलाल पुजीवाद ९ बाम गठबन्धन ० जोतिबशुको नयाँ संस्करणको रूपमा अगाडि आएको छ त्यसैले उस्को यो दमनात्मक कदम अपेक्षित छ यस्ले अझै क्रूर र फासीवादी रुप लिनेछ । 

-विप्लवको वारेन्टले क्रान्ति नयाँ चरणमा प्रवेशको ब्यवहारिक अभिव्यक्ति मात्रै दिएको हो । यो निचोड पार्टीले कथित चुनावपछि नै निकालिसकेको हो ।

-अहिलेसम्म संसारमा न बन्दुकले विचार मार्न सक्यो न त दमनले क्रान्ति नै रोक्न सक्यो । फेरि हामीले त क्रान्तिको नयाँ कार्यदिशा एकीकृत जनक्रान्ती अगाडि सारेका छौ । त्यसैले यो दलाल राज्यको प्रतिक्रान्तिकारी दमनको सम्पुर्ण रुपले प्रतिवाद गरिनेछ ।

-राज्य युद्धको बाटोमा छ । हामी त्यस्को अन्त्य क्रान्तिद्वारा गर्नेछौ । दलाल राज्य बाट शान्ति र समृद्धि सम्भव छैन किनकि क्रान्तिले मात्रै वास्तविक शान्ति र समृद्धि ल्याउनेछ ।

विप्लव पार्टी किन निशानामा छ ?

स्थानीय तहको चुनाव यता भएको चुनाव विरोधी गतिविधिमा सरकारले विप्लवको पार्टीको हात देखेको छ ।

तर, सो पार्टीले यसलाई जनताको प्रतिरोध भन्दै औपचारिक रुपमा जिम्मेवारी लिएको छैन् ।

यसबाहेक सो पार्टीले केही जलविद्युत परियोजना र गैरसरकारी संस्थाका कार्यलयलाई लक्षित गरी बम पड्काएको छ ।

केपी ओली नेतृत्वको सरकार गठन भएलगत्तै सरकारले सो पार्टीका दुई नेता पक्राउ गरेको थियो ।

उनीहरु हिजो मात्र रिहा भएका छन् । 

आफ्ना नेता पक्राउको विरोधमा सो पार्टीले एक दिन नेपाल बन्दको समेत आव्हान गरेको थियो ।

माओवादी केन्द्रको समर्थनकमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको केही दिनमा विप्लवलाई पक्राउ गर्ने सूचना टाँस गरिएको हो ।

यसले बामपन्थी सरकारसँग विप्लव नेतृत्वको टकवार बढने संकेत दिएको छ । 

केही दिन अगाडि मात्र सा पार्टीका कार्यकर्ताले राजश्व विभागका महानिरीक्षक चुणामणि शर्माको घरमा कालो झन्डा गाड्नुका साथै ढुंगामुढा गरेका थिए । 

केही दिन अगाडि नेकपाले सुर्खेतका स्थानीय जनप्रतिनिधीको राजीनामा माग गरेका थियो ।

 विप्लवको पार्टीले सुर्खेतका गाउँ तथा नगर प्रमुख उपप्रमुल लगायत वडा कार्यालयमा पत्र पठाएर राजिनामा माग गरेको थियो ।

 पत्रमार्फत राजीनामा नदिए भौतिक कारवाहि गर्ने समेत सो पार्टीले चेतावनी दिएको छ ।

पत्रले जनप्रनिनिधी त्रसित बनेका छन् । 

बूढाहरुबाट क्रान्ति हुन नसक्ने अवस्था आएको भन्दै विप्लवले ०७१ मङ्सिर ८ मा पार्टी मुख्यालय बुद्धनगरमा पुगेर मोहन वैद्यलाई सम्बन्ध विच्छेदको पत्र बुझाएलगतै आफ्नो नेतृत्वमा नेकपा माओवादी गठन गरका थिए ।

पछि पार्टीको नाम बदलेर उनले नेपाल कम्युनिष्ट पार्टी मात्र बनाए ।

एमाले र माअ‍ोवादीले पनि एीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने सहमति गरेका छन् । 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप