ब्याजदर घटाउन माग गर्दै सडक आन्दोलनमा उद्योगी व्यवसायी
आइतबार, २८ फागुन २०७९, १० : ५८
बैंकको चर्को ब्याजदरलाई एकल अङ्कमा झार्न माग गर्दै आजदेखि उद्योगी व्यवसायीले आन्दोलन सुरु गरेका छन् । देशभरका करिब १०० वटा व्यवसायी सङ्गठन मिलेर आज ११ बजेदेखि आन्दोलन सुरु गर्ने भएका हुन् ।
माइतीघर मण्डलामा सडकमै उत्रिएर ब्याजदर घटाउन माग गर्दै आन्दोलन गर्न लागेको मोरङ उद्योग सङ्गठनका अध्यक्ष नवीन रिजालले जानकारी दिए । उनले दिउँसो १ बजेसम्म माइतीघरमा धर्ना दिइने जानकारी दिए ।
उद्योगी व्यवसायीले चर्को ब्याजदर घटाउने माग गर्दै आन्दोलन गरिरहेका छन् । उनीहरुले चर्को ब्याजका कारण उद्योग व्यवसाय सञ्चालन गर्न नसकिने अवस्था सृजना भएकाले एकल अङ्कमा ब्याज रहनुपर्ने माग गर्दै आइरहेका छन् ।
यसअघि यही फागुन ५ गते पनि उद्योगी व्यवसायीले माइतीघरमा सडक प्रदर्शन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण