बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
आईसीसी विश्वकप लिग–२

नेपालले पाँचौं विकेट गुमायो

आइतबार, २८ फागुन २०७९, १२ : २५
आइतबार, २८ फागुन २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध पाँचौं विकेट गुमाएको छ ।  त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका कप्तान रोहित कुमार पौडेल ३८औं ओभरको तेस्रो बलमा आउट भएका हुन् । 
रोहितले ७७ रन बनाएर आउट भए । उनलाई यूएईका आयान खानले क्याच आउट गराए । 

नेपालले ३८ ओभरको समाप्तिमा ५ विकेट गुमाएर १६२ रन बनाएको छ । अहिले नेपालका लागि आरिफ शेख र गुलशन झा क्रिजमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप