सानिमा मिडिल तमोरको आईपीओमा माग गरेभन्दा १.८६ गुणा बढी आवेदन
काठमाडौँ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आईपीओमा १.८६ गुणा बढी आवेदन परेको छ । कम्पनीले गत शुक्रबार रु.१०० रुपैयाँ अङ्कित कूल ४२ लाख ४८ हजार ९ सय ३८ कित्ता साधारण सेयर जारी गरेको थियो । यसको दोस्रो दिन नै ६६ हजार १०० आवेदकले ७९ लाख २३ हजार १०० कित्ताका लागि आवेदन दिएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको हो ।
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा सार्वजनिक निष्कासनको लागि छुट्टाएको जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाखको २५ प्रतिशत अर्थात् ८३ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको ८३ लाख ३१ हजार २५० कित्ता सेयर जारी गरेको थियो । जसमध्ये १० प्रतिशत अर्थात् ३३ लाख ३२ हजार ५ सय कित्ता सेयर कम्पनीले स्थानीयलाई बाँडफाँड गरेको छ । बाँकी रहेको ४९ लाख ९८ कित्ता ७५० कित्ताको ५ प्रतिशत अर्थात् २ लाख ४९ हजार ९३७ कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई छुट्याई बाँकी रहेको १० प्रतिशत अर्थात् ४ लाख ९९ हजार ८७५ कित्ता सेयर कम्पनीले विदेशमा बस्ने नेपालीहरूका लागि छुट्टाएको थियो ।
सो मध्ये पनि बाँकी रहेको ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर भने कम्पनीले सर्वसाधारणमा सार्वजनिक गरेको छ । इच्छुक लगानीकर्ताहरूले फागुन ३० गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् ।
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित मध्य तमोर जलविद्युत आयोजना (७३ मेगावाट) को निर्माण अवधिको ब्याज सहित (आईडीसी) प्रति मेगावाट लागत १८ करोड २६ लाख २ हजार ७४० रुपैयाँसहित १३ अर्ब ३३ करोड रुपैयाँ अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण