शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सानिमा मिडिल तमोरको आईपीओमा माग गरेभन्दा १.८६ गुणा बढी आवेदन

आइतबार, २८ फागुन २०७९, १३ : ०१
आइतबार, २८ फागुन २०७९

काठमाडौँ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आईपीओमा १.८६ गुणा बढी आवेदन परेको छ । कम्पनीले गत शुक्रबार रु.१०० रुपैयाँ अङ्कित कूल ४२ लाख ४८ हजार ९ सय ३८ कित्ता साधारण सेयर जारी गरेको थियो । यसको दोस्रो दिन नै ६६ हजार १०० आवेदकले ७९ लाख २३ हजार १०० कित्ताका लागि आवेदन दिएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको हो ।

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा सार्वजनिक निष्कासनको लागि छुट्टाएको जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाखको २५ प्रतिशत अर्थात् ८३ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको ८३ लाख ३१ हजार २५० कित्ता सेयर जारी गरेको थियो । जसमध्ये १० प्रतिशत अर्थात् ३३ लाख ३२ हजार ५ सय कित्ता सेयर कम्पनीले स्थानीयलाई बाँडफाँड गरेको छ । बाँकी रहेको ४९ लाख ९८ कित्ता ७५० कित्ताको ५ प्रतिशत अर्थात् २ लाख ४९ हजार ९३७ कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई छुट्याई बाँकी रहेको १० प्रतिशत अर्थात् ४ लाख ९९ हजार ८७५ कित्ता सेयर कम्पनीले विदेशमा बस्ने नेपालीहरूका लागि छुट्टाएको थियो । 

सो मध्ये पनि बाँकी रहेको ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर भने कम्पनीले सर्वसाधारणमा सार्वजनिक गरेको छ । इच्छुक लगानीकर्ताहरूले फागुन ३० गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । 

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित मध्य तमोर जलविद्युत आयोजना (७३ मेगावाट) को निर्माण अवधिको ब्याज सहित (आईडीसी) प्रति मेगावाट लागत १८ करोड २६ लाख २ हजार ७४० रुपैयाँसहित १३ अर्ब ३३ करोड रुपैयाँ अनुमान गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप