पेरिसडाँडामा माओवादी केन्द्र मधेश प्रदेशको बैठक
आइतबार, २८ फागुन २०७९, १३ : ५६
काठमाडौँ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेश प्रदेश समन्वय समितिको दोस्रो दिनको बैठक चलिरहेको छ । माओवादी केन्द्रले मधेश प्रदेशमा देखिएको सांगठनिक समस्यालगायत अन्य विषयमा छलफल गर्नका लागि मधेश प्रदेशका केन्द्रीय सदस्यहरुलाई काठमाडौँ बोलाएर नै छलफल सुरु गरेको हो ।
बैठक हिजोदेखि पेरिसडाँडामा चलिरहेको छ । मधेश प्रदेशमा हालसम्म समिति बन्न सकेको छैन । प्रदेश समितिदेखि जिल्ला समिति पनि बन्न सकेको छैन । प्रदेश समिति बनाउनका लागि पटक–पटक प्रयास भयो तर आन्तरिक विवादका कारण समिति बन्न सकेन ।
कतिपय जिल्लामा जिल्ला समिति बनेर जिम्मेवारी पनि बाँडफाँट भएपनि विवाद कायमै छ । समितिले पूर्णता पाएको छैन । मधेश प्रदेशमा आन्तरिक विवादकै कारण माओवादी चुनावमा सबैभन्दा कमजोर पार्टी बनेको गुनासो नेताहरुले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण