साउदीको तेल कम्पनी अरामकोको १६१.१ अर्ब डलरको रेकर्ड नाफा
साउदी अरबको तेल कम्पनी अरामकोले सन् २०२२ मा १६१.१ अर्ब डलरको कीर्तिमानी कुल नाफा कमाएको आइतबार जानकारी दिएको छ ।
समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार अघिल्लो वर्षको तुलनामा यसमा ४६ प्रतिशतले वृद्धि भएको हो ।
यो कीर्तिमान नाफाको कारण तेलको उच्च मूल्य, उच्च बिक्री र प्रशोधित उत्पादनको मार्जिनमा भएको वृद्धि रहेको बताइएको छ ।
फेब्रुअरीमा, जब तेल व्यवसायमा अन्य ठुला कम्पनीहरूले आफ्नो ब्यालेन्स सिट सार्वजनिक गरे, त्यति बेला पनि यस्तै ट्रेन्ड देखिएको थियो ।
यसमा गत वर्ष रेकर्ड नाफा घोषणा गर्ने ब्रिटिस पेट्रोलियम, एक्सन मोबिल र शेभरन जस्ता कम्पनीहरू पर्छन् ।
समाचार एजेन्सी एएफपीको रिपोर्ट अनुसार रुसले युक्रेनमा गरेको आक्रमणका कारण जसरी तेलको मूल्य बढेको छ, त्यसबाट विश्वको सबैभन्दा ठुलो तेल निर्यात गर्ने कम्पनीलाई फाइदा भएको छ ।
एप्पल पछि विश्वको दोस्रो ठुलो कम्पनी मुख्यतया सरकारी स्वामित्वको कम्पनी हो ।
साउदी स्टक एक्सचेन्जलाई दिएको जानकारीमा अरामकोले सन् २०२२ मा १६१.०७ बिलियन डलर कमाएको बताएको छ । गत वर्ष यो आम्दानी ११० अर्ब डलर थियो ।
चौथो त्रैमासिकका लागि अरामकोले पनि १९.५ अर्ब डलरको लाभांश घोषणा गरेको छ, जुन अघिल्लो त्रैमासिकको तुलनामा चार प्रतिशत बढी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण