बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

कोहलीको शतकको खडेरी अन्त्य

आइतबार, २८ फागुन २०७९, १५ : ५७
आइतबार, २८ फागुन २०७९

अहमदाबाद । अष्ट्रेलियाविरुद्धको चौथो टेस्टमा भारतीय ब्याट्सम्यान विराट कोहलीले शतक प्रहार गरेका छन् । करिब तीन वर्षपछि टेस्ट क्रिकेटमा विराटको ब्याटबाट शतक बनेको छ । तेस्रो नम्बरमा ब्याटिङ गर्दा विराटले पाँच चौकाको मद्दतले शतक पुरा गरेका थिए । यसअघि नोभेम्बर २०१९ मा विराट कोहलीले बंगलादेशविरुद्ध १३६ रन बनाएका थिए। यो खेल कोलकाताको इडेन गार्डेनमा भएको थियो ।

चार खेलको सिरिजमा भारत अहिले २–१ ले अगाडि छ । खेलको आज चौथो दिन हो । बोर्डर गावस्कर ट्रफीको अन्तिम खेल अहमदाबादमा भइरहेको छ । यसअघि शनिबार उनी घरेलु मैदानमा टेस्ट क्रिकेटमा ४ हजार रन बनाउने पाँचौँ भारतीय ब्याट्सम्यान पनि बनेका छन् । कोहलीले अहिलेसम्म १०८ टेस्ट खेलमा २८ शतक बनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप