कोहलीको शतकको खडेरी अन्त्य
आइतबार, २८ फागुन २०७९, १५ : ५७
अहमदाबाद । अष्ट्रेलियाविरुद्धको चौथो टेस्टमा भारतीय ब्याट्सम्यान विराट कोहलीले शतक प्रहार गरेका छन् । करिब तीन वर्षपछि टेस्ट क्रिकेटमा विराटको ब्याटबाट शतक बनेको छ । तेस्रो नम्बरमा ब्याटिङ गर्दा विराटले पाँच चौकाको मद्दतले शतक पुरा गरेका थिए । यसअघि नोभेम्बर २०१९ मा विराट कोहलीले बंगलादेशविरुद्ध १३६ रन बनाएका थिए। यो खेल कोलकाताको इडेन गार्डेनमा भएको थियो ।
चार खेलको सिरिजमा भारत अहिले २–१ ले अगाडि छ । खेलको आज चौथो दिन हो । बोर्डर गावस्कर ट्रफीको अन्तिम खेल अहमदाबादमा भइरहेको छ । यसअघि शनिबार उनी घरेलु मैदानमा टेस्ट क्रिकेटमा ४ हजार रन बनाउने पाँचौँ भारतीय ब्याट्सम्यान पनि बनेका छन् । कोहलीले अहिलेसम्म १०८ टेस्ट खेलमा २८ शतक बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण