बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

विप्लवविरुद्ध पक्राउ पुर्जीबारे सो पार्टीको धारणा आयो : शान्तिका लागि अब क्रान्ति

बुधबार, १६ फागुन २०७४, ०६ : ००
बुधबार, १६ फागुन २०७४

काठमाडौं नेकपा माओवादीका महासचिव विप्लवको पक्राउ पुर्जी प्रकरणमा सो पार्टीको प्रारम्भिक प्रतिक्रिया आएको छ ।

रातोपाटीसँगको कुराकानीमा सो पार्टीका पोलिटव्यूरो सदस्य भरत बमले यसलाई प्रतिक्रान्ति र क्रान्तिको टक्करको सज्ञा दिएका छन् । 

विप्लवका नाममा जारी भयो पक्राउ पुर्जी, अब के हुन्छ ?

भरत बमले भने

–अहिले हाम्रो पार्टी र राज्यको बीचको टक्कर बुझ्न अलिकति पृष्ठभूमि बुझ्न आवश्यक छ । त्यो भनेको शान्ति प्रक्रिया असफल भयो, जनता र राष्ट्रको एजेन्डा अलपत्र पारेर नेतालाई मात्रै सम्बोधन गरियो साथै क्रान्ति अधुरो छ भन्दै आएको हौँ तर सुनिएन, सुनाउन बम पट्काउनु पर्यो । तर पनि सुनिएन र राज्य दमनको बाटोमा गयो । यसर्थ यो प्रतिक्रान्ति र क्रान्तिको टक्कर हो ।

–दमनले प्रतिरोध जन्माउँछ यो सार्वभौम नियम हो । फेरि हामी एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशामा छाँै । त्यसैले यसको नयाँ ढङ्गले चौतर्फी जनप्रतिरोध हुनेछ र गर्नुपर्नेछ ।

–अहिलेको राज्य दलाल हो, यसले देशको अस्तित्व खतरामा पार्दैछ । विदेशीको स्वार्थमा छ । यो सत्य जनताले बुझे आफ्नो अन्त्य हुने भयबाट त्रसित राज्यले क्रान्तिको घाँटी निमोठ्ने सोचेको छ । यो कहिल्यै पूरा हुने छैन ।

–यो दलाल राज्यसँग कोही पनि सन्तुष्ट छैनन्, विकल्प खोज्दैछन् । त्यो विकल्प वैज्ञानिक समाजवाद हो र यो हाम्रो पार्टीले दिएको छ । भविष्य क्रान्ति र वैज्ञानिक समाजवाद हो । दमनले त्यसलाई झन् नजिक ल्याउने छ ।

–यो टक्कर वैचारिक राजनीतिक रूपले हल नभए यसले भौतिक रूप पनि लिन्छ । त्यसैले राज्यले युद्ध रोजेको छ, हामीले त्यसको विकल्प क्रान्ति रोजेका छौँ ।

–उनीहरूले हिसाब गरेको होलान २, ४ सय, १, २ हजार क्रान्तिकारी मारेपछि क्रान्ति सकिन्छ तर त्यसो हुँदैन हुने पनि छैन किनकि संसारमा दमनले क्रान्ति मर्दैन । कानुनले क्रान्ति गर्दैन, क्रान्तिले कानुन बनाउँछ । अहिलेको कानुन संविधान क्रान्ति विरोधी छ । यसलाई क्रान्तिले बदल्नेछ । ७. नेपालमा धेरै रगत बगेको छ, फेरि साम्राज्यवादले जोतिबसुको नयाँ संस्करण सामाजिक दलाल पुँजीवाद (वाम गठबन्धन) अगाडि सारेर थप रगत बगाउने सड्यन्त्र गरेको छ । त्यसैले हामीले शान्तिका लागि क्रान्ति रोज्नैपर्छ र अगाडि बढाउनैपर्छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप