महेश भट्टले भने – मलाई नाजायज सन्तान भनिन्थ्यो : बुवाले आमालाई कहिल्यै श्रीमतीको हैसियत दिएनन्
भारतीय फिल्मका निर्देशक महेश भट्ट हालै अरबाज खानको च्याट शो ‘द इन्भिन्सिबल्स विथ अरबाज खान’ मा देखिएका थिए । यति बेला उनले आफ्नो जीवनसँग सम्बन्धित थुप्रै दुखद कथाहरू सेयर गरे । अन्तरवार्ताका क्रममा महेश भट्टले आफ्नो बाल्यकाल निकै कठिन भएको बताए । बुबा नानाभाई भट्ट पहिले नै विवाहित भएकोले उनले महेशकी आमा शिरिन मोहम्मद अलीलाई कहिल्यै पत्नीको हैसियत दिएनन् । त्यसैले बाल्यकालमा महेशलाई धेरैले नाजायज सन्तान भनेर जिस्काउने गर्थे ।
महेशले आफ्नी आमा मुस्लिम भएको र हिन्दु इलाकामा बस्ने भएकोले उनकी आमाले सधैँ आफ्नो धर्म लुकाएर बस्नुपरेको पनि बताए । महेशले कुराकानीको क्रममा भने, ‘मेरी आमाले आफूलाई नानाभाई भट्टले स्वीकार गरुन् भन्ने मात्रै चाहना राखेकी थिइन् । तर उनी पहिल्यै विवाहित थिए र उनको आफ्नै परिवार थियो, त्यसैले उनले कहिल्यै पनि आमालाई उनको अधिकार दिएनन् ।’
आमाको मृत्युपछि बुबाले आमाको सिउँदो भरे – महेश
महेश भट्टले त्यो मुस्किल समयलाई स्मरण गर्दै भने, ‘सन् १९९८ मा आमाको निधन भयो । आमाको अन्तिम इच्छा आफ्नो धर्म अनुसार अन्तिम संस्कार गरियोस् भन्ने चाहना थियो । मेरा पिता आफ्नी जेठी श्रीमतीसँग अन्तिम संस्कारमा आएका थिए । त्यति बेला उनले पहिलो पटक आमाको सिउँदो भरेका थिए ।’
‘यो देखेर म हैरान भएँ, उनले यस्तो गर्न ढिलो गरे भन्ने सोचिरहेको थिएँ । त्यो घटनाले मलाई भित्रैदेखि तोडिदिएको थियो । आमाले सधैँ बुवाले सबैको अगाडि स्वीकार गरुन् भन्ने चाहेकी थिइन् तर अफसोस, यस्तो हुन सकेन ।’

महेश भट्टका पिता
बुवाले आमाको अन्तिम इच्छा पूरा गरेनन्
महेशले भने, ‘मैले बुवालाई आमाको अन्तिम इच्छाबारे बताएँ । आमाले आफ्नी आमालाई अन्तिम संस्कार गरिएको शिया समाधि स्थलमा नै अन्तिम संस्कार गरियोस् भन्ने चाहना राखेकी थिइन् । मैले यो कुरा भन्दा बुवाको अनुहार पहेँलो देखेँ । उनले हात जोडेर मलाई भने, ‘माफ गरिदेऊ छोरा, मेरो धर्मले मलाई त्यहाँ जाने अनुमति दिँदैन । उनको यो कुराले म भित्रैदेखि टुटेँ ।’

महेश भट्टका आमा–बुवा
म त छोरा हुँ, म जानै पर्छ
महेशले थपे, ‘म बुवासँग रिसाएको थिइनँ, तर मैले भनेँ – म त छोरा हुँ, म जानै पर्छ । यो अधिकार दिन मलाई भगवानले पनि रोक्न सक्दैनन् । ’
महेश मान्छन् कि उनका पिता उनको पालनपोषणका कैदी थिए तर उक्त घटनाले उनलाई जीवनभरका लागि त्रसित बनायो ।
स्मरण रहोस्, सन् १९८८ मा रिलिज भएको फिल्म ‘जख्म’ महेश भट्टको बाल्यकालमा आधारित छ जसमा नायिका पूजा भट्टले उनकी आमामा आधारित भूमिका निभाएकी थिइन् ।

महेश भट्ट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जितसँगै लिभरपुलमा नयाँ प्रशिक्षक इराओलाको यात्रा सुरु
-
व्यवसायी दीपक भट्टको निवेदनमा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
-
डिओमान्डे र रियलबिच सम्झौता तय, पीएसजी प्रतिस्पर्धाबाट बाहिरियो
-
विश्वकै सबैभन्दा वृद्ध व्यावसायिक फुटबलर ‘किंग काजु’ को कीर्तिमान, ५९ वर्षको उमेरमा गोल
-
लुम्बिनीमा कांग्रेस ‘पर्ख र हेर’को अवस्थामा, मन्त्रीहरूको राजीनामा 'होल्ड'
-
चन्द्रागिरीबाट ‘तीन तीघ्रे क्या बिग्रे’ को छायाङ्कन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण