विदेशी लगानी खुला गर्ने आदेशको विरोधमा डेरी एसोसिएसन
काठमाडौँ । सर्वोच्च अदालतले कृषिमा विदेशी लगानी ल्याउन पाउने फैसला गरेसँगै डेरी एसोसिएसन अफ नेपालले विरोध जनाएको छ । सर्वोच्च अदालतले यही वर्ष २०७९ जेठ २० गते कृषिमा विदेशी लगानी गर्न पाउने गरी फैसला गरेको थियो । तर, उक्त फैसलाको विरोधमा डेरी एसोसिएसन उत्रिएको हो ।
राज्यले विदेशी लगानीकर्तालाई प्रोत्साहन गर्नु अत्यन्तै गैरजिम्मेवारीपूर्ण निर्णय भएको एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले बताएका छन् । ‘नेपालमा डेरी क्षेत्रमा दिन दिनै लगानी बढ्दै गइरहेको छ,’ दाहालले भने, ‘आजसम्म करिब ४० अर्ब लगानी सहकारी क्षेत्र र डीडीसी बाहेक निजी डेरी क्षेत्रले मात्र गरिसकेको छ ।’ दूधमा नेपाल ८० प्रतिशत आत्मनिर्भर भइसकेको र दैनिक ६ करोड रकम शहरबाट गाउँसम्म जाने गरेको छ उनको भनाइ छ ।
‘६ लाख कृषक परिवार दुग्ध क्षेत्रमा आश्रित छन् । ३५ हजारभन्दा बढीले डेरी उद्योगमा रोजगार पाएका छन् । कृषि क्षेत्रमा पनि ९ प्रतिशत दुग्ध क्षेत्रको मात्र योगदान रहेको छ,’ दाहालले रातोपाटीसँग भने, ‘लाखौं अरु मानिसले दुग्ध क्षेत्रमा अदृश्य रूपले रोजगार पाएका छन् । पशुपालनले समग्र कृषि क्षेत्रलाई नै सहयोग पुर्याएको छ ।’
सर्वोच्चको फैसलाविरुद्ध करिब ६५ वटा कृषिमा आधारित संघ/संस्थाहरूले एकसाथ विरोध जनाउने दाहालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण