दिल्ली महिला आयोगकी अध्यक्ष स्वातिले बुवामाथि यौन शोषणको आरोप लगाएपछि पूर्व पतिको बयान – नार्को टेस्ट गराऊ
दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालीवालले शनिवार आफ्ना पितामाथि यौन शोषणको आरोप लगाएकी थिइन् । यो मामिलामा उनका पूर्व पति नविन जयहिन्दले शोषण र यौन शोषणमा फरक हुने बताएका छन् । उनले स्वातिको नार्को टेस्टको मागसमेत गरेका छन् । उनले स्वातिका बुवाको २० वर्ष अघि निधन भएको बताउँदै स्वातिको नार्को टेस्ट भएपछि मात्रै वास्तविकता सार्वजनिक हुने बताएका छन् ।
नविनले भने – स्वातिले आफ्नो मानसिक अवस्था पनि परीक्षण गर्नुपर्छ
नविनले एक भिडियोमा यस्तो बताएका छन् । उनले भने, ‘स्वातिले उनका बुवाले उनलाई र उनकी बहिनीलाई कुटपिट गर्ने गरेको बताएकी थिइन् तर उनले कहिल्यै बुवाले यौन शोषण गर्ने गरेको बारे कुरा गरिनन् । अब उनका पिता यो दुनियाँमा त छैनन्, त्यसैले अदालतमा आउन सक्दैनन् त्यसैले स्वातिले आफ्नो नार्को टेस्ट गराउनुपर्छ ।’
यसका साथै उनले थपे, ‘स्वाति निकै ठुलो पदमा छिन् । यदि उनीमाथि यस्तो भएको हो भने उनलाई मानसिक समस्या पनि पक्कै भएको हो । त्यसैले उनको मानसिक स्वास्थ्यको पनि परीक्षण हुनुपर्छ ।’
स्वाति मालीवालले भनेकी थिइन्, ‘मेरा बुवाले मेरो यौन शोषण गर्दथे’
दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालीवालले आफूलाई बाल्यकालमा बुवाले यौन शोषण गर्ने गरेको खुलासा गरेकी थिइन् । स्वातिले शनिवार दिल्लीमा डिसीडब्ल्यू अवार्ड कार्यक्रममा यस्तो खुलासा गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण