युक्रेन युद्धका कारण सन् २०२२ मा युरोपेली हतियारको आयात दोब्बर
स्टकहोम । विश्वको तेस्रो ठूलो गन्तव्य बनेको युक्रेनमा ठूलो परिमाणमा हतियार ढुवानी भएपछि सन् २०२२ मा युरोपमा हतियारको आयात झण्डै दोब्बर भएको अनुसन्धानकर्ताहरूले सोमबार बताएका छन् । स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) को प्रतिवेदनअनुसार पोल्याण्ड र नर्वेलगायत युरोपेली मुलुकले सैन्य खर्च बढाएका कारण आयातमा पनि वृद्धि भएको हो । आयातको दर अझै बढ्ने प्रक्षेपण गरिएको छ ।
“आक्रमणका कारण युरोपमा हतियारको मागमा उल्लेखनीय वृद्धि भएको छ, जसले थप प्रभाव पार्नेछ र सम्भवतः युरोपेली देशहरूले हतियारको आयातमा थप वृद्धि गर्नेछन्,” एसआईपीआरआईका वरिष्ठ अनुसन्धाता पिटर वेजेम्यानले एएफपीलाई बताए । गत वर्षसम्म हतियारको आयातकर्ताको हिसाबले युक्रेन नगण्य आयातकर्ता रहेको थियो ।
रूसको आक्रमणपछि पश्चिमा राष्ट्रहरूले युक्रेनलाई हतियार वितरण र आपूर्ति गरेका कारण सन् २०२२ मा यो कतार र भारतपछि विश्वको तेस्रो ठूलो हतियार गन्तव्य बनेको थियो ।
सिप्रीको तथ्याङ्कअनुसार युक्रेनले मात्र युरोपमा ३१ प्रतिशत हतियार स्थानान्तरण गरेको छ भने विश्वमा आठ प्रतिशत हतियार वितरण गरेको छ । आयात र सहयोगसहित युक्रेनको हतियार आपूर्तिमा गत वर्ष ६० गुणाभन्दा बढीले वृद्धि भएको इन्स्टिच्युटले जनाएको छ । युक्रेनमा भएका हतियार आपूर्ति मुख्यतया भण्डारबाट उठाइएका हतियारहरू थिए ।
तीमध्ये अमेरिकाका करिब २३० तोपहरू थिए । २८० पोलिश बख्तरबन्द वाहन र सात हजारभन्दा बढी ब्रिटिश एन्टी–ट्याङ्क मिसाइल साथै एन्टी–एयरक्राफ्ट सिस्टम जस्ता नयाँ निर्मित हतियार रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण