मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

डाक्टरलाई बलात्कार गरेको आरोपमा भारतमा एक नर्स पक्राउ

मङ्गलबार, ३० फागुन २०७९, ०९ : ५३
मङ्गलबार, ३० फागुन २०७९

केरला । भारतको केरला राज्यमा एक महिला डाक्टरलाई बलात्कार गरेको आरोपमा एक पुरुष नर्स पक्राउ परेका छन् ।

बलात्कारपछि महिला डाक्टरको नग्न तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा २४ वर्षीय पुरुष नर्सलाई पक्राउ गरिएको हो ।

भारतीय प्रहरी अधिकारीका अनुसार त्रिशूर जिल्लाका निशम बाबुले २८ वर्षीय डाक्टरलाई कोइम्बटूरको एक अस्पतालमा नयाँ जागिर दिने झूटो आश्वासन दिएर एक होटेलमा लगेका थिए । सो होटेलमा पुगेकी महिला डाक्टरको निशम बाबुले नग्न तस्बिर खिचेका थिए, त्यही नग्न तस्बिर खिचेर सो पुरुष नर्सले महिला डाक्टरलाई निरन्तर यौन दुर्व्यवहार  गरेका हुन् । त्यसपछि पुरुष नर्स निशम बाबुले आफ्नो नग्न तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरे पछि महिला डाक्टर प्रहरीकोमा गएकी थिइन् । उनको उजुरीको आधारमा निशमलाई पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार बाबुलाई आईपीसीको धारा ३७६  (बलात्कार) र सूचना प्रविधि ऐन २००० को धारा ६७ ए (इलेकट्रोनिक रूपमा यौनजन्य कार्य) अनुसारको सामग्री प्रकाशन वा प्रसारण गरेकोमा सजाय अन्तर्गत मुद्दा लगाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप