आरन पेसा बचाउन जुम्लाको पेरे गाउँमा तालिम
जुम्ला । जुम्लाको पातारासी-२ पेरे गाउँमा नयाँ उद्यमीहरूका लागि १५ दिने आरन उद्योग सीप विकास तालिम सञ्चालन गरिएको छ। तालिमको माध्यमबाट उद्यमीहरूको आय-आर्जनमा वृद्धि गर्ने र आरन पेसालाई बचाउने उद्देश्य छ।
तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष पुर्णसिहं बोहरा र उपाध्यक्ष जनमाया रोकायाले संयुक्त रूपमा उद्घाटन गरेका हुन्। उक्त तालिममा कुटो, कोदालो, फरुवा, बन्चरो, हँसिया, खुँडा, चुपी, चक्कु, चुलेसी, खुकुरी, खुर्पालगायतका कृषि औजार निर्माण गरिनेछन्।
तालिममा पेरे र तल्फी गाउँका रिठे कामी, मुने कामी, हरिलाला कामी र मुनिराम कामी लगायतका १५ जना सहभागी छन्। पातारासी गाउँपालिका अन्तर्गतको उद्यम विकास विकास शाखाबाट तालिम दिइएको उद्यम विकास सहजकर्ता रामकृष्ण महताराले बताए।
गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले सहभागीहरूले पूर्ण रूपमा आवश्यक सामाग्री निमार्णको सिप सिक्नु पर्ने बताए। उपाध्यक्ष जनमाया रोकायाले युवाहरूमा हस्तान्तरण नहुँदा आरन पेसा नै सङ्कटमा पर्न थालेको बताइन्।
आरन पेसालाई आधुनिकीकरण गर्दै लैजानका अपरिहार्य देखिन्छ। स्थानीय स्तरमा परम्परागत देखी चल्दै आएको पेसालाई संरक्षण गर्न नसक्दा लोप हुने खतरा बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक
-
साउनको दोस्रो सोमबार पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
-
चितवनमा सडक निर्माण अलपत्र छाड्ने ठेकेदार कम्पनीको ठेक्का अन्त्य
-
सुनसरीका दुई गाउँपालिकामा पनि ५ जना भन्दाबढी भेला हुन निषेध
-
बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, कहाँ-कहाँ रोकिए सवारी ?
-
सुनसरीमा दुई समुदायको बिचमा झडप, सुरक्षाकर्मीको गोलीबाट एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण