एकदिवसीय शृङ्खलामा स्मिथले नै कप्तानी सम्हाल्ने
नयाँ दिल्ली । आमाको मृत्युपछि प्याट कमिन्स घरमा नै रहने भएपछि स्टीभन स्मिथले नै भारतविरुद्धको एकदिवसीय शृङ्खलामा अस्ट्रेलियाको कप्तानी सम्हाल्ने भएका छन् । आमाको स्वास्थ्य बिग्रिएपछि कमिन्स दिल्लीमा भएको दोस्रो टेस्टपछि घर फर्किएका थिए । कमिन्सकी आमा मारियाको गत ९ मार्चमा निधन भएको थियो ।
त्यतिबेला अस्ट्रेलिया शृङ्खलामा २–० ले पछि परेको थियो । स्मिथको नेतृत्वमा अस्ट्रेलियाले बाँकी दुई टेस्टमध्ये एकमा जीत र दोस्रोमा बराबरी गर्दै शृङ्खला २–१ को स्थितिमा सकेको थियो ।
स्मिथले नेतृत्व लिएसँगै अस्ट्रेलियाको एकदिवसीय टोलीले पछिल्ला पाँच खेलमा चार जना कप्तान पाएको छ । न्युजिल्याण्डको शृङ्खलामा एरोन फिन्चले अस्ट्रेलियाको नेतृत्व गरेका थिए भने उनको सन्यासपछि कमिन्सलाई कप्तानको जिम्मेवारी दिइएको थियो । तर, इंग्ल्याण्डविरुद्धको दोस्रो खेलमा उनलाई आराम दिँदै जोस हेजलवुड कप्तान बनेका थिए । चोटका कारण हेजवुड यो शृङ्खलामा सहभागी भएनन् । स्मिथले यसअघि ५१ एकदिवसीय खेलमा अस्ट्रेलियाको नेतृत्व गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण