चीनको सहयोगमा नेपालले पूर्वाधार र औद्योगिक विकास गरिरहेको छ : अध्यक्ष अग्रवाल
काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले चीनको सहयोगमा नेपालले भौतिक र औद्योगिक विकास गरिरहेको बताएका छन् । मंगलबार आयोजना भएको ‘नेपाल–चीन बिजनेस फोरम, २०२३’ मा सम्बोधन गर्दै अग्रवालले नेपालको विकासमा चीनको ठूलो सहयोग गरिरहेको बताएका हुन् ।
अग्रवालले नेपाल भ्रमणमा रहेको चाइना काउन्सिल फर दर प्रमोसन अफ इन्टरनेश्नल ट्रेड (सीसीपीआईटी)का सदस्यहरुलाई स्वागत गर्दै भने, ‘चीनसँगको व्यवसायीक सहकार्य अगाडी बढाइरहन पाउँदा निकै खुसी लागेको छ ।’ नेपालले चीनसँग औपचारिकरुपमै ७० वर्षभन्दा लामो समयदेखि व्यापारिक सम्बन्ध कायम गर्दै आइरहेको छ । सन् १९५० मा नेपाल र चीनबीच दुई पक्षीय सम्बन्ध स्थापना भएको थियो । यस्तै, सन् १९५६ मा नेपाल र चीनबीच व्यवसायीक सहयोगको सम्झौतामा हस्ताक्षर भएको थियो ।
यस्तै, अग्रवालले सन् १९८० देखि चीन सरकारले नेपाललाई आर्थिक, प्राविधिक र भौतिक विकासको क्षेत्रमा दिँदै आएको सहयोगलाई समेत स्मरण गरे । ‘नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच लामो प्रभावकारी साझेदारी छ । यतिबेला सीसीपीआईटीसँग ६० भन्दा धेरै व्यवसायी नेपाल भ्रमणमा हुनुहुन्छ,’ अग्रवालले थपे, ‘यो भ्रमणले दुईतर्फी व्यवसायीक नाफा हुने अपेक्षा छ ।’
कोरोना महामारीको समयअघि नेपालमा चीन सबैभन्दा धेरै पर्यटक आउनेको सूचीमा दोस्रो स्थानमा थियो । यसले नेपालको पर्यटन बजारमा ठूलो र अर्थपूर्ण प्रभाव कायम गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण