सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

प्रधानमन्त्री प्रचण्डको आश्वासनपछि बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलन फिर्ता

मङ्गलबार, ३० फागुन २०७९, १९ : २१
मङ्गलबार, ३० फागुन २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आश्वासनपछि बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलन फिर्ता भएको छ । मंगलबार साँझ प्रधानमन्त्री प्रचण्ड र उद्योगी व्यवसायीबीच भएको छलफलपछि आन्दोलन फिर्ता  भएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।

छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले उद्योगी व्यवसायीको समस्या समाधान  गर्न सरकार तयार रहेको बताएका थिए । 

पछिल्लो समयमा देशभरका करिब ६० भन्दा बढी संघसंस्था मिलेर बैंकविरुद्ध आन्दोलन गर्दै आएका थिए । उक्त आन्दोलनको नेतृत्व महासंघका तर्फबाट श्रेष्ठले गरेका थिए । 

बैंकविरुद्धको आन्दोलनको मुख्य माग ब्याजदर एकल अंकमा ल्याउनु पर्ने थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप