अर्थ
प्रधानमन्त्री प्रचण्डको आश्वासनपछि बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलन फिर्ता
मङ्गलबार, ३० फागुन २०७९, १९ : २१
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आश्वासनपछि बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलन फिर्ता भएको छ । मंगलबार साँझ प्रधानमन्त्री प्रचण्ड र उद्योगी व्यवसायीबीच भएको छलफलपछि आन्दोलन फिर्ता भएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले उद्योगी व्यवसायीको समस्या समाधान गर्न सरकार तयार रहेको बताएका थिए ।
पछिल्लो समयमा देशभरका करिब ६० भन्दा बढी संघसंस्था मिलेर बैंकविरुद्ध आन्दोलन गर्दै आएका थिए । उक्त आन्दोलनको नेतृत्व महासंघका तर्फबाट श्रेष्ठले गरेका थिए ।
बैंकविरुद्धको आन्दोलनको मुख्य माग ब्याजदर एकल अंकमा ल्याउनु पर्ने थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण