बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

खानेपानीमन्त्री खांन न्यूयोर्क जाने

मङ्गलबार, ३० फागुन २०७९, २२ : २३
मङ्गलबार, ३० फागुन २०७९

काठमाडौँ । खानेपानीमन्त्री अब्दुल खांन अमेरिकाको न्यूयोर्कमा आयोजना हुने विश्व पानी सम्मेलनमा (वल्र्ड वाटर कन्फ्रेन्स) मा सहभागी हुन त्यसतर्फ जाने भएको छन् ।

मन्त्रिपरिषद्को आज सिंहदरबारमा बसेको बैठकले न्यूयोर्कमा आगामी चैत ८ देखि १० गतेसम्म सञ्चालन हुने सम्मेलनमा सहभागी हुन स्वीकृति दिएको खानेपानीमन्त्री खांनले  जानकारी दिए । उनले भने, “मन्त्रिपरिषद्को आजको बैठकले अमेरिकामा आयोजना हुने वल्र्ड वाटर कन्फ्रेन्समा सहभागी हुन खानेपानीमन्त्रीलाई स्वीकृति दिएको छ ।”

मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालय र वन मन्त्रालयल सम्बन्धी पनि विभिन्न निर्णय गरेको मन्त्री खांनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप