मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

यसरी खानुस् चिया सिड

मङ्गलबार, ३० असार २०८३, १४ : ५८
मङ्गलबार, ३० असार २०८३

सारांश

  • स्वस्थ आहारको कुरा गर्दा चिया सिडमा फाइबर, ओमेगा-३ फ्याटी एसिड, प्रोटिन र धेरै आवश्यक खनिजहरू पाइन्छ ।
  • चिया सिडलाई पानीमा भिजाएर, दही वा ओट्स/जाउलोसँग मिसाएर खानु बढी फाइदाजनक हुन्छ ।
  • एलर्जी, निल्न गाह्रो हुने, रगत पातलो पार्ने औषधि सेवन गरिरहेका वा गम्भीर रोगबाट पीडित व्यक्तिहरूले डाक्टरको सल्लाह लिनुपर्छ ।

काठमाडौं । हिजोआज चिया  सिडको नाम निकै सुनिन्छ । स्वस्थ आहारको कुरा गर्दा धेरैले चिया सिडको नाम लिन्छन् । यी साना दानामा फाइबर, ओमेगा–३ फ्याटी एसिड, प्रोटिन र धेरै आवश्यक खनिजहरू प्रशस्त मात्रामा पाइन्छ ।

धेरै मानिसहरूले चिया सिडको सेवन गरिरहेका हुन्छन् । तर विज्ञहरूका अनुसार, सही तरिकाले चियाको बीउ खानु बढी फाइदाजनक हुन्छ । आजको यस लेखमा हामी सही तरिकाले चिया सिड कसरी खाने भनेर कुराकानी गर्नेछौं ।

पानीमा भिजाएर खानुस्

१ चम्चा चियाको बीउलाई २० मिनेट पानीमा भिजाउनुहोस् र त्यसपछि सेवन गर्नुहोस् ।

दहीसँग खानुस्

चिया सिड पानीमा भिजाएर खान मन पर्दैन भने, तपाईं दहीको प्रयोग गर्न सक्नुहुन्छ । दहीसँग खाँदा पाचनका लागि राम्रो हुन्छ र गर्मीमा पेटलाई पनि शान्त बनाउँछ ।

ओट्स वा जाउलोसँग खानुहोस्

तपाईं ओट्स वा जाउलोमा चिया सिड मिसाएर पनि खान सक्नु हुन्छ । यसले पेट भर्ने काम त गर्छ नै बाहिरी खानाको चाहनालाई पनि रोक्छ । जाउलोमा भने पकाउँदा खेरि नै चिया सिडलाई हाल्नु राम्रो हुन्छ ।

धेरै खान हुन्छ चिया सिड ?

चिया सिडलाई त्यत्तिकै नखानु भनिन्छ । पानीमा मिसाउँदा सुकेको चिया सिड छिट्टै फुल्न थाल्छ । यसलाई भिजाएर खानु पाचनको लागि उचित मानिछ ।

तपाईंलाई एलर्जी छ वा निल्न गाह्रो छ भने चिया सिड खानु हुन्न । रगत पातलो पार्ने औषधि खाइरहेका वा गम्भीर रोगबाट पीडित व्यक्तिहरूले पनि चिया सिड नियमित सेवन सुरु गर्नु अघि डाक्टरसँग परामर्श गर्नुपर्छ ।

 (अस्वीकरणः सल्लाहसहितको यो सामग्रीले सामान्य जानकारी मात्र प्रदान गर्दछ, थप जानकारीका लागि सधैँ विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप