शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
यसरी अघि बढ्दैछ ग्वार्को ‘फ्लाइ ओभर’को काम (फोटोफिचर)
फोटो

यसरी अघि बढ्दैछ ग्वार्को ‘फ्लाइ ओभर’को काम (फोटोफिचर)

बुधबार, ०१ चैत २०७९

ललितपुरको ग्वार्कोमा फ्लाई ओभर निर्माणको काम सुरु भएको छ । अत्यधिक मात्रामा सडक जाम हुने गरेको यो क्षेत्रमा पहिलो चरणमा ग्वार्को चोकबाट बालकुमारी तर्फको सडकमा काम सुरु गरिएको छ । निर्माण व्यवसायी कम्पनी आशिष समानान्तर रेलिगेयर जेभीले १७ करोड रुपैयाँको ठेक्कामा यो फ्लाइओभर निर्माणको काम अघि बढाएको हो । यो कम्पनीले काम थालेको २ वर्षभित्र निर्माणको काम सम्पन्न गर्नुपर्नेछ ।

ठेकेदार आफैले फ्लाई ओभरको डिजाइन गरी काम अघि बढाउन लागेको हो । अर्थ मन्त्रालयले यो कामका लागि ३३ करोड रुपैयाँको बजेट स्रोत सुनिश्चित गरेको छ । ४ लेनको फ्लाई ओभरको कुल लम्बाई ५ सय ४० मिटर हुनेछ । सुरुमा  बालकुमारीतर्फ २८० र्‍याम बनाउन काम अघि बढाइएको छ भने सातदोबाटोतर्फ १७५ मिटरको ‍र्‍याम बनाउने तयारी गरिएको छ ।

चक्रपथको मुख्य सडकमा गुड्ने गाडीहरु ओभरपास माथिबाट गुड्नेछन् भने ग्वार्को–मंगलबजार तथा ग्वार्को लुभु–लामाटार सडकका लागि अन्डरपास गाडी गुड्ने व्यवस्था हुनेछ ।

हेर्नुहोस् तस्बिर

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया