जसपाको विधान मस्यौदा तयार, मातहतका निकायसँग सुझाव माग
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले विधान मस्यौदा तयार गरेको छ । पुस १८ र १९ गते बसेको जसपाको कार्यकारिणी समितिको बैठकले विधान अधिवेशन गर्ने निर्णय गरेको थियो ।
सोही अधिवेशनका लागि विधान तयार गर्न पार्टीले अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा मस्यौदा समिति बनाएको थियो । समितिले विभिन्न सरोकारवालासँग छलफल गरेर मस्यौदा तयार गरेको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । सो मस्यौदा बुधवार पार्टीका मातहत निकायलाई पठाइएको छ ।
मस्यौदा केन्द्रीय कार्यकारिणी समिति, राजनीतिक समिति, केन्द्रीय समिति, संघीय परिषद्, प्रदेश समिति, विशेष प्रदेश समिति, पहिचानमा आधारित राष्ट्रिय समिति र जिल्ला समन्वय समितिका सदस्यका साथसाथै जनवर्गीय संगठनकाका सदस्यहरुलाई समेत आवश्यक सुझावका लागि पठाइएको उनले बताए ।
सो मस्यौदामाथि अध्ययन, छलफल र विश्लेषण गरी चैत १५ गतेसम्म आवश्यक सुझाव पठाउनका लागि पार्टीले निर्देशन पनि दिएको बस्नेतले बताए ।
जसपाले विधानको प्रारम्भिक मस्यौदामाथि अध्ययन, अन्तरक्रिया र छलफल गर्न सात वटै प्रदेशहरूमा प्रदेश स्तरीय कार्यक्रम गर्न निर्देशन दिएको छ ।
विधान मस्यौदा सम्बन्धी सुझाव सङ्कलन गर्न आयोजना गरिने प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा मस्यौदा समितिको तर्फबाट सहभागी हुनका लागि नेताहरूको जिम्मेवारी तोकिएको छ । जसअनुसार कोशी प्रदेशका लागि कार्यकारिणी सदस्य रकम चेम्जोङ, मधेस प्रदेशका लागि कार्यकारिणी सदस्य लालबाबु राउत, लुम्बिनी प्रदेशका लागि राजनीतिक समितिका सदस्य भगवती सुवेदी, गण्डकी प्रदेशका लागि कार्यकारिणी सदस्य शिवलाल थापा मगर, बागमती प्रदेशका लागि मस्यौदा समितिका सदस्य दीपक राई, सुदूरपश्चिम प्रदेशका लागि मस्यौदा समितिका सदस्य दीपेन्द्र झा र जनवर्गीय, बौद्धिक पेशाकर्मी, विज्ञलगायतसँग छलफल गर्न कार्यकारिणी सदस्य सुशीला श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण