सीबीफीनले गर्यो बैंकविरुद्ध भइरहेको आन्दोलनको विरोध
काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसघं (सीबीफीन)ले बैंकविरुद्ध भइरहेको आन्दोलनको विरोध गरेको छ । सीबीफीनले एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय विभिन्न व्यवसायीक संस्थाले गरिरहेको आन्दोलनको विरोध गरेको हो ।
परिसंघले सुरक्षा निकाय, अस्पताल, बैंक तथा वित्तीय संस्था, एम्बुलेन्स, खानेपानी, फोहोर व्यवस्थापनलगायतका क्षेत्रलाई अत्यावश्यक सेवाका क्षेत्रकोरुपमा परिभाषित गरेको छ । यी क्षेत्रमा बन्द तथा हड्ताल जस्ता कार्य गर्न नपाइने स्मरण गराउँदै सीबीफीनले आन्दोलनको विरोध गरेको हो ।
आन्दोलन गर्न नहुने क्षेत्रको सूचीमा बैंक वित्तीय क्षेत्र समावेश भएपनि फागुन ३० गते मकवानपुरको सदरमुकामस्थित कुमारी बैंकको शाखा कार्यालय लगायतमा बैंकिङ सेवा अवरुद्ध गरिएको थियो । यस्तै, अत्यावश्यक बैंकिङ सेवा लिइरहेका सेवाग्राहीलाई सेवा लिनबाट वञ्चित गर्ने, धरपकड गर्ने र कार्यालय नै बन्द गर्न पत्र संप्रेषणसहित धम्की दिने जस्ता अत्यन्तै नियोजित गतिविधिहरुप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले विरोध जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा गरिने यस्ता धर्ना, धरपकड र कार्यालय नै बन्द गर्ने कार्यहरु तत्काल रोकी वार्ता तथा संवादको प्रक्रियामार्फत समस्या समाधानको आह्वान समेत सीबीफीनले गरेको छ । यस्तै, बैंकका शाखा कार्यालयहरुको सुरक्षाका लागि सीबीफीनले नेपाल सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, सुरक्षा निकायसहित सम्बन्धित व्यावसायिक संस्थाहरुलाई अनुरोध समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण