राष्ट्रपति पौडेललाई धनराजको सुझाव : सवारीका बेला जनतालाई दुःख नहोस्
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। बुधबार शितल निवास पुगेर उपसभापति गुरूङले राष्ट्रपति पौडेललाई बधाई तथा शुभकामना दिएका हुन्।
गुरूङले राष्ट्रपतिको सवारीमा सर्वसाधारण जनतालाई दुःख हुन नहुने बताए । ‘राष्ट्रपतिको सवारीमा तामझाम गरेर सर्वसाधारणलाई दुःख दिने विगतको परम्परालाई तोड्न सुझावसमेत दिइयो,’ उपसभापति गुरूङले भने।
सवारीका नाममा जनतालाई दुःख दिने पक्षमा आफू नरहेको राष्ट्रपति पौडेलले बताएको उनको भनाइ छ। अति विशिष्ट र विशिष्ट पदाधिकारीको सवारीका कारण सडकमा हुने अवरोध हटाउन गृह मन्त्रालयले सवारी व्यवस्थापन सुरक्षा कार्यविधि परिमार्जन लागेको छ । राष्ट्रपति पौडेलले आफ्नो सवारीका कारण सर्वसाधारणलाई कुनै दुःखकष्ट नहोस् भनेर तामझाम हटाउने व्यवस्था गर्न गृह मन्त्रालयका पदाधिकारीलाई निर्देशनका थिए ।
विशिष्ट पदाधिकारीको सवारीलाई राजकीय सवारी, कार्यालयको सवारी, निजी सवारी, औपचारिक सवारी र अनौपचारिक सवारी भनी सवारी प्रयोजनका आधारमा सवारी व्यवस्थापन तयारी गर्न लागिएको गृहमन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण