माओवादी घटक एक ठाउँमा आउने वित्तिकै प्रतिक्रियावादीहरुलाई १०९ डिग्रीको ज्वरो आइसक्यो : कर्णजीत बुढा
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गरेका कर्णजीत बुढाले माओवादी घटक एक ठाउँमा आउने वित्तिकै देशी विदेशी प्रतिक्रियावादीहरुलाई १०९ डिग्रीको ज्वरो आएकाे बताएका छन् । पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै बुढाले माओवादीहरुलाई एकतामा आउन नदिन देशी विदेशी तत्वहरु लागि परेको बताए ।
‘माओवादी घटक एक ठाउँमा आउँदा कसैलाई १०९ डिग्रीको ज्वरो आइसक्यो । माओवादीहरु यो देशको नेतृत्वमा नआउन भनेर देशी विदेशी तत्वहरु लागि परेका छन्,’ बुढाले भने, ‘विदेशी तत्वका विरुद्धमा जान एकता गरेका छौं । यो व्यक्तिको चासो र चिन्ताको विषय होइन । त्याग, तपस्या र बलिदानको विषय हो ।’
पार्टी एकता स्वाभिमान र क्रान्तिकारी आन्दोलनको रक्षाको विषय भएको बुढाले बताए । नेता कार्यकर्तालाई नयाँ तरिकाले विकास गर्न विचारको विकास समेत गर्नुपर्ने उनले बताए । यो देशकाे नेतृत्व गर्न विप्लवले उद्घोष गर्नुपर्ने समेत बुढाले बताए । ‘यो देशको नेतृत्व गर्न विप्लवले उद्घोष गर्नुपर्छ । उहाँलाई साथ दिन हामी तयार भएका छौं’ बुढाले भने, ‘सबै क्रान्तिकारी शक्तिहरुलाई एक ठाउँमा ल्याउनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
-
पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण