सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

हाम्रो ढ्याङ्ग्रो बजेको होइन चेतना आएको हो : विप्लव

बुधबार, ०१ चैत २०७९, १६ : ५७
बुधबार, ०१ चैत २०७९

काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले द्वन्द्वकालीन मुद्दा नियमित अदालतमा जान थालेपछि आफूहरूको मनमा ढ्याङ्ग्रो बजेको नभई चेतनाचाहिँ आएको बताएका छन् । बुधवार नेकपा र नेकपा माओवादी समाजवादी बीचको पार्टी एकता कार्यक्रममा बोल्दै विप्लवले द्वन्द्वकालीन मुद्दाले सबै माओवादीलाई एक ठाउँमा ल्याएको बताए । 

आफूहरूले यस्ता धेरै ढ्याङग्रा पचाइसकेकाले केही नहुने विप्लवले बताए । पछिल्लो समय पार्टीहरू विदेशीको गोटी बन्नु नियति भएको समेत उनले बताए ।  ‘एमालेले भन्छ माओवादी विदेशीको गोटी बन्यो । एमाले सरकार बन्यो भने माओवादीले विदेशीको गोटी बन्यो भन्छ । विदेशीको गोटी बन्नु नियति हो । यो बाध्यता  हो’ विप्लवले भने, ‘संसदवादमा फसेपछि फन्को मारेपछि अगाडि बढ्ने हिम्मत नगरेपछि कसै न कसैको गोटी बन्नै पर्छ ।’

एमाले, माओवादी कांग्रेस गोटी बन्दा जनताले समेत सास्ती भोग्नुपर्ने भएकाले समस्या हुने विप्लवले बताए ।   ‘कांग्रेस वा एमाले गोटी बन्दा एमाले कांग्रेस मात्रै भागीदार बन्ने भए केही हुने थिएन । देशको नेतृत्व गर्ने पार्टीहरू विदेशीको गोटी बन्दा देशले मूल्य चुकाउनुपर्छ । त्यसको मूल्य जनताले चुकाउनुपर्छ’ उनले भने । एमसीसी पास भएपछि अब जनताले कहिलेसम्म मूल्य चुकाउनुपर्ने हो त्यसको हिसाबकिताब नभएको विप्लवले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप