हाम्रो ढ्याङ्ग्रो बजेको होइन चेतना आएको हो : विप्लव
काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले द्वन्द्वकालीन मुद्दा नियमित अदालतमा जान थालेपछि आफूहरूको मनमा ढ्याङ्ग्रो बजेको नभई चेतनाचाहिँ आएको बताएका छन् । बुधवार नेकपा र नेकपा माओवादी समाजवादी बीचको पार्टी एकता कार्यक्रममा बोल्दै विप्लवले द्वन्द्वकालीन मुद्दाले सबै माओवादीलाई एक ठाउँमा ल्याएको बताए ।
आफूहरूले यस्ता धेरै ढ्याङग्रा पचाइसकेकाले केही नहुने विप्लवले बताए । पछिल्लो समय पार्टीहरू विदेशीको गोटी बन्नु नियति भएको समेत उनले बताए । ‘एमालेले भन्छ माओवादी विदेशीको गोटी बन्यो । एमाले सरकार बन्यो भने माओवादीले विदेशीको गोटी बन्यो भन्छ । विदेशीको गोटी बन्नु नियति हो । यो बाध्यता हो’ विप्लवले भने, ‘संसदवादमा फसेपछि फन्को मारेपछि अगाडि बढ्ने हिम्मत नगरेपछि कसै न कसैको गोटी बन्नै पर्छ ।’
एमाले, माओवादी कांग्रेस गोटी बन्दा जनताले समेत सास्ती भोग्नुपर्ने भएकाले समस्या हुने विप्लवले बताए । ‘कांग्रेस वा एमाले गोटी बन्दा एमाले कांग्रेस मात्रै भागीदार बन्ने भए केही हुने थिएन । देशको नेतृत्व गर्ने पार्टीहरू विदेशीको गोटी बन्दा देशले मूल्य चुकाउनुपर्छ । त्यसको मूल्य जनताले चुकाउनुपर्छ’ उनले भने । एमसीसी पास भएपछि अब जनताले कहिलेसम्म मूल्य चुकाउनुपर्ने हो त्यसको हिसाबकिताब नभएको विप्लवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण