शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कतारबाट आइएमई र युनिमनीको वीन बिग क्याम्पेन सुरु, आईफोन १४ जित्ने मौका

बुधबार, ०१ चैत २०७९, २० : ४२
बुधबार, ०१ चैत २०७९

काठमाडौँ । आइएमई पे  र युनिमनी एक्सचेन्ज कतारबीच युनिमनीको “सेन्ड मनी अन्लाईन एन्ड विन बिग”  क्याम्पेनमा प्रमोसन पार्टनरको रुपमा समझ्दारी भएको छ ।

विन बिग क्याम्पियनमा सम्पुर्ण सेवाग्राहीहरूले युनिमनि कतार मोबाइल एप अथवा युनिमनीको अनलाइन पोर्टलमार्फत आइएमईमा पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले आईफोन १४ प्रो जित्न सक्नेछन् । 

यस्तै ५ जना विजेताले सामसुङ ग्यालेक्सी एस२२ अट्राका  साथै ३० जना सेवाग्राहीहरूले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्न सक्नेछन् । 

क्याम्पेनको अवधि १५ मार्च २०२३ देखि १५ मे २०२३ (०१ चैत, २०७९ देखि जेठ ०१, २०८०) सम्म जम्मा ६२ दिनका लागि लागु हुने कम्पनीले जनाएको छ । 

उक्त क्याम्पेन सँगै युनिमनी एक्सचेन्ज कतारबाट आइएमई गर्दा आइएमई पे वालेटमा रू.  ५० सम्मको बोनस सुविधा यथावत नै रहने जनाइएको छ  ।

अनलाइन च्यानलहरुको प्रवद्र्धन गर्नको लागि तयार पारिएको सो क्याम्पेनको विजेता घोषणा विद्युतीय माध्यमबाट छनोट हुने आईएईपेले जनाएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप